चितनवमा कांग्रेस एकढिक्का, जीतनारायणलाई विद्रोहीको साथ

चितनवमा कांग्रेस एकढिक्का, जीतनारायणलाई विद्रोहीको साथ

[ad_1]

चितनवमा कांग्रेस एकढिक्का, जीतनारायणलाई विद्रोहीको साथ

यसअघिको चुनावमा विद्रोह गरेका नेता दिनेश कोइराला ।

२५ चैत, काठमाडौं । चितवनमा उपनिर्वाचनमा नेपाली कांग्रेस एकढिक्का देखिएको छ । गत निर्वाचनमा विद्रोह गरेका कांग्रेसका नेताहरू उपनिर्वाचनमा भने सहयोगी भूमिकामा देखिएका छन् ।

यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिएका हुन् ।

गत निर्वाचनमा चितवन-३ बाट गठबन्धनविरुद्ध उम्मेदवारी दिएका दिनेश कोइरालालगायत विद्रोह गरेका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्व सांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेल यसपट कांग्रेस उम्मेदवारको पक्षमा उभिएका छन् ।

चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट जीतनारायण श्रेष्ठ उम्मेदवार छन् । विद्रोही नेताहरूले श्रेष्ठलाई जिताउन अपील गर्दै संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन् ।

कांग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको दाबी गर्दै उनीहरूले आफूहरू कांग्रेसका उम्मेदवारको पक्षमा उभिएको बताएका छन् ।

उनीहरूले विद्रोहका क्रममा सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै पुनM कांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का हुने अपिल गरेका छन् ।

चितवनमा विद्रोह गर्नेमध्ये दिनेश कोइरालाको कारबाही अझै फिर्ता भएको छैन । आगामी उपनिर्वाचनको भूमिकाको आधारमा कोइरालाको कारबाहीबारे निर्णय हुने कांग्रेसले जनाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्