उपनिर्वाचनको आचारसंहिता लागू, मन्त्रिपरिषद विस्तार गर्न पाइन्छ ?

उपनिर्वाचनको आचारसंहिता लागू, मन्त्रिपरिषद विस्तार गर्न पाइन्छ ?

[ad_1]

२४ चैत, काठमाडौं । आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबार (आज)देखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्था लगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहेको बेला लागू भएको आचारसंहिताले त्यो कामलाई रोक्ला कि नरोक्ला ? आयोगका प्रवक्ता पौडेलका अनुसार मन्त्रिपरिषद विस्तारलाई आचारसंहिताले रोक्दैन । उनले भनेका छन्, ‘आयोगले शुक्रबारदेखि आचारसंहिता लागू गरेको छ । यो देशभरि होइन, निर्वाचन हुने बारा, चितवन र तनहुँमा मात्रै लागू हुन्छ । यी जिल्ला प्रत्यक्ष प्रभावित नहुने गरी जुन पनि गतिविधिहरू गर्न मिल्छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएयता सात पटक मन्त्रिपरिषद विस्तार गरे पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । उनले सार्वजनिक कार्यक्रममा एक–दुई दिनमै मन्त्रिपरिषदलाई शतप्रतिशत पूर्णता दिने बताउँदै आएका छन् ।

हेर्नुहोस् को-कोलाई लाग्छ उपनिर्वाचनको आचारसंहिता

उपनिर्वाचनको आचारसंहिता लागू, मन्त्रिपरिषद विस्तार गर्न पाइन्छ ?

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्