त्रिविका बाँकी क्याम्पसमा ३० गते चुनाव गर्न ४ विद्यार्थी संगठन सहमत

त्रिविका बाँकी क्याम्पसमा ३० गते चुनाव गर्न ४ विद्यार्थी संगठन सहमत

[ad_1]

२३ चैत, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएका त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा यही चैत ३० गते चुनाव गर्न विद्यार्थी संगठन सहमत भएका छन् ।

तालाबन्दी र अन्य विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा ३० गते मतदान गर्ने गरी नेविसंघ, अखिल, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच सहमति भएको हो ।

चुनाव हुन बाँकी क्याम्पसमा नयाँ कार्यतालिका प्रकाशित गरी चैत ३० गते मतदान गर्ने विद्यार्थी संगठनले सहमति गरेका हुन् ।

यसबीचमा पनि चुनाव विथोलिने र तालाबन्दी गर्ने काम भए प्रशासनको सहयोगमा ताल खोली निर्वाचन प्रक्रिया अघि बढाउने प्रतिबद्धतासमेत उनीहरूले जनाएका छन् ।

साथै चार संगठनले विद्यार्थी भर्ना विवादका कारण चुनाव रोकिएका क्याम्पसमा छानबिन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरेका छन् ।त्रिविका बाँकी क्याम्पसमा ३० गते चुनाव गर्न ४ विद्यार्थी संगठन सहमत

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्