ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित – Online Khabar

ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित – Online Khabar

[ad_1]

२२ चैत, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ ।  काठमाडौंको दशरथ रंगशालामा सुरुदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको भियतनाम ५-१ ले विजयी भयो ।

नेपालक लागि सावित्र भण्डारीले सान्त्वना गोल फर्काइन् । ४ गोलले पछि परेको नेपालका लागि  ८० औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल गरेकी हुन् ।

यसअघि दशरथ रंगशालामा खेलको ११ औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

खेलको ३५ औं मिनेटमा भियतनामको खेलाडीले पोष्टको दिशामा हानेको बल डी बक्सभित्र नेपालकी डिफेन्डर हिरा भुजेलको हातमा लाग्दा भियतनामले पेनाल्टी पायो । पेनाल्टीमा भियतनामकी कप्तान हियुन नुलेले गोल गरिन् ।

खेलको ३८ औं मिनेटमा नुयन थि विच थुयको बल अमृता जैशीको खुट्टामा लाग्दा आत्मघाती गोल भोग्दै पहिलो हाफमा नेपाल ३-० ले पछि परेको थियो ।

दोस्रो हाफमा पनि उत्तिकै आक्रमक देखिएको भियतनामले खेलको ४८ औं मिनेटमा होङ थि लोनको पासमा कप्तान हियुन नुले दोस्रो बारमा गरेको प्रहार गोल भएको हो ।

भियतनामको लागि लागि पाँचौं गोल नुयेन थि थान नाले नियमित समयको अन्तिम मिनेटमा गरिन् र भियतनाम ५-१ ले विजयी भयो ।

खेलमा नेपाली खेलाडीले केही मौका पाए पनि गोल गर्न सकेनन् । अमिशा कार्कीले खेलको ९ मिनेटमा पाएको सुनौलो अवसर सदुपयोग गर्न सकिनन् । दीपा शाहीले दाया साइडबाट दिएको पास अमिसाले गोल लाइनबाट प्रहार गर्दा पोष्ट माथिबाट बाहिरिएको हो ।

खेलको ३४औं मिनेटमा अमृता जैशीको फ्रिकिकमा अमिशाले निकै फितलो प्रहार गर्दा गोलकिपरले बचाउ गरिन् । ८५ औं र ८६ औं मिनेटमा सावित्राले प्रहार गरेको बल भियतनामकी गोलरक्षक कोङ थि हाङले बचाइन् ।

ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित – Online Khabar

तस्वीरहरू : विकास श्रेष्ठ र चन्द्रबहादुर आले/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्