च्याट जीपीटीलाई टक्कर दिने तयारीमा गुगल बार्ड, नयाँ मोडेलमा अपग्रेड हुँदै

च्याट जीपीटीलाई टक्कर दिने तयारीमा गुगल बार्ड, नयाँ मोडेलमा अपग्रेड हुँदै

[ad_1]

च्याट जीपीटीलाई टक्कर दिने तयारीमा गुगल बार्ड, नयाँ मोडेलमा अपग्रेड हुँदै

गुगलका सीईओ सुन्दर पिचाइ ।

केही समय पहिले लञ्च भएको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट बार्डलाई गुगलले अपग्रेड गर्दैछ ।

गुगलका सीईओ सुन्दर पिचाइले न्युयोर्क टाइम्स हार्ड फोर्क पडकास्टमा यसबारेमा खुलासा गरेका छन् । साथै त्यसक्रममा उनले हाल बार्डमा विभिन्न कमजोरी रहेको पनि खुलासा गरेका छन् ।

एआई च्याटबट बार्ड अब LaMDA  मोडेलबाट ठूलो PaLM मोडेलतर्फ अगाडि बढ्नेछ । आफूहरूसँग प्रष्टरुपमा धेरै सक्षम मोडेलहरु रहेको भन्दै उनले आगामी दिनमा बार्डलाई अधिक सक्षम PaLM मोडेलमा अपग्रेड गर्ने बताएका हुन् । यसबाट बार्डमा रिजनिङ तथा कोडिङलगायतमा अधिक क्षमता प्राप्त हुने उनको भनाइ छ ।

हाल LaMDA मोडेलमा रहँदा गुगल बार्डको दायरा सीमित भएको उनले स्वीकार गरेका छन् । तर नयाँ मोडेल तथा प्रविधिलाई राम्रोसँग सम्हाल्न सकिन्छ भन्ने निश्चित भएपछि मात्रै PaLM मोडेलमा बार्डलाई स्तरोन्नति गरिने पिचाइले बताएका छन् ।

एजेन्सी

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्