महोत्तरीको गौशालामा मिटरब्याज पीडितको प्रदर्शन – Online Khabar

महोत्तरीको गौशालामा मिटरब्याज पीडितको प्रदर्शन – Online Khabar

[ad_1]

१९ चैत, वीरगञ्ज । सरकारी वार्ता टोली र मिटरब्याज विरुद्ध संघर्ष समितिबीच भएको पाँच बुँदे सहमतिको विरोधमा महोत्तरीको गौशालामा प्रदर्शन भएको छ ।

जाली तमसुक च्यात्नुपर्ने र पीडितको जमिन फिर्ता गर्नुपर्ने, मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने माग राखेर मिटरब्याज पीडितको एक समूहले गौशाला नगरपालिका कार्यालय घेराउ समेत गरेका थिए ।

उनीहरुले हाम्रो संघर्ष जारी छ, देशभरिका मिटर ब्याज पीडित एक हौं, तमसुक च्यात, दृष्टिक खोल, साहु महाजनसँग भएको फर्जी कागजात अवैध घोषणा गर, रजिष्ट्रेसन जमिन फिर्ता गर लगायत नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

महोत्तरीको गौशालामा मिटरब्याज पीडितको प्रदर्शन – Online Khabar

महोत्तरी भंगाहाका मोहन महतोले सरकार र मिटरब्याज पीडितको एक समूहबीच शनिबार भएको ५ बुँदे सहमतिले न्याय सुनिश्चित नभएको बताए । उनले आफूहरु फेरि आन्दोलनका लागि काठमाडौं जाने तयारी भइरहेको बताए ।

‘न जग्गा छ, न केही छ हामीहरु गर्ने के ? पटक पटक आन्दोलन गर्दा पनि न्याय पाएको छैन, अब सडकमा उत्रिसकेका छौं, सडकमै बस्छौं’ उनले भने ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्