नझुक्किनुस् है ! – Online Khabar

नझुक्किनुस् है ! – Online Khabar

[ad_1]

‘अप्रिल फूल’ अर्थात् अप्रिल १ को यो दिनलाई झुक्क्याउने दिन मानी अरूलाई झुक्क्याउन विभिन्न उपायहरू लगाइन्छ । तर आजकाल संसारका बगैँचामा वसन्तका फूलहरू मौसमी र अप्रिलका फूलहरू सदावहार ढकमक्क फुलेका हुन्छन् ।

संसार, घर, परिवार, समाज, साथीभाइ लगायत हरकोहीलाई कुनै न कुनै दिन झुक्क्याइएकै त हुन्छ । झुक्क्याउनु अर्थात् भ्रम पैदा गराउनु त्यति गाह्रो काम पनि त रहेन आजकल । मानिस आफैंलाई समेत झुक्क्याएर बाँच्न जानिरहेको हुन्छ भने अरू कसैलाई झुक्क्याउने सन्दर्भमा अप्रिल १ नै कुरिरहनुपर्ने केही आवश्यकता नै रहेन । बरु कुनै एक दिन साँचो मात्र बोल्नुपर्ने अथवा कसैलाई झुक्क्याउन नपाइने पर्व मनाऔँ । कति रोमाञ्चक वा सकसपूर्ण रहला अहिलेको परिवेशमा यो पर्व ।

नझुक्किनुस् है ! – Online Khabarझुक्क्याउने सन्दर्भमा नै भन्नुपर्दा म बिहानै उठ्नु अगावै मेरो मोबाइलमा बजेको अलार्मलाई झुक्क्याउछु । बिस्तराबाट उठ्नेछु भनेर राखिएको अलार्म त म सपनामै बन्द गर्न सिपालु छु । अनि अलार्म निभेको एक निद्रपछि म बल्दछु । ए हैन पो बलजफती उठ्दछु पो त ! आखिर आफ्नो शरीरलाई तन्ऽाकै अवस्थामा पनि झुक्क्याउँछु म । यसलाई कसरत व्यायामको सट्टामा सर्वप्रथम त गह्रौँ ब्रेकफास्ट पचाउने आदेश म दिन्छु ।

शारीरिक पक्षलाई झुक्क्याएपछि लाग्छु म मेरो मानसिक पक्षलाई चक्मा दिन । म आश्वासन बाँड्दछु दिमागलाई ‘लौ त अब म बौद्धिक खुराकहरू पस्किनेछु’ भनेर । अनि खोल्दछु मेरो मुख अगाडि किताबका पानाहरू सररर । ए हैन मुख किताब सललल पो हो त !

म पढ्दछु कति सबटाइटलहरू, लिरिक्सहरू अनि सहभागी हुन्छु ती चाखलाग्दा बहसहरूमा मेरा औँठाछापहरू लगाउँदै वा लिखित प्रतिक्रियाको कमेन्ट टिपाएर ।

यी कुराहरू पश्चात् पनि झुक्क्याउने खेल कहाँ सकिन्छ र ! म आफ्ना कर्तव्यलाई झुक्क्याउनु फलानो व्यक्ति वा विषयले गरेर पो त मेरो कर्तव्यपरायणतामा अलिकति पूर्णता बाँकी रहेको भनेर ।

झुक्क्याउने यो नाटकको पात्रका कलाकारहरू म मात्रै होइन । हामी यति सजीव रूपमा ती झुक्क्याउने पात्रको जीवन बाँचेका छौं कि सबै हरबखत आˆनो अभिनयमा पोख्त हुँदै जादैछौँ । हाम्रो अभिनय नियालिरहेको समय नै झुक्किन्छ कि नाटक कति बेला सकाएर हामी वास्तविकतामा उत्रनेछौं भन्ने कुरा ।

हामीले नेताहरू खराब पायांै, यिनले देश बनाएनन्, देश बेहाल पार्न लागे भनेर फेरि झुक्क्याउछौ कति पटक हामी आफूलाई । नेताले आखिर नेतृत्व गर्ने पनि त समान विचार र आचार बोकेको समूहलाई नै त हो । नेताहरूलाई पनि त लाग्दो हो कि जनता, कर्मचारी, सहयात्रीहरूले साह्रै झुक्क्याए, देश बनाउन केही साथ, समर्थन, सद्भाव अनि हौसला नै पो दिएनन् भन्ने ।

यो जगत् नै मिथ्या हो सत् भनेकै हाम्रा भगवान् मात्र हुन भनेर मानव जातिलाई झुक्क्याउनेलाई, पृथ्वीमा बसेर पृथ्वी मात्र मानवको घर हुन सक्दैन अन्यत्र बसाइ सरौँ भन्दै यहाँका समस्याहरूमा नजरअन्दाज गरी पृथ्वीलाई झुक्क्याउनेहरू, सम्पूर्णमा यो झुक्क्याउने दिनको अपार शुभकामना !

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्