मन्त्री टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठकमा छलफल

मन्त्री टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठकमा छलफल

[ad_1]

मन्त्री टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठकमा छलफल

कांग्रेस सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवास ।

११ चैत, काठमाडौं । सरकारमा सहभागिता र मन्त्री छनोटका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ ।

शनिबार अपरान्ह सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकमा सरकारमा जाने नेताहरुको विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

उनका अनुसार कांग्रेसको तर्फबाट सत्ता गठबन्धनको बैठकमा जाने नेताहरुले त्यहाँ भएका छलफलबारे ब्रिफिङ गर्ने र पार्टीबाट सरकारमा जाने नेताहरुको बारेमा छलफल गर्ने तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए । तर सत्ता गठबन्धनमा भागवण्डा पेचिलो बनेको छ ।

सत्ता गठबन्धनमै रहेको अर्को दल नेकपा माओवादी केन्द्रले पनि शनिबार नै सरकारका विषयमा पदाधिकारी बैठकमा छलफल गरेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्