लाओसविरुद्ध नेपालको अग्रता, अनन्तले गरे गोल – Online Khabar

लाओसविरुद्ध नेपालको अग्रता, अनन्तले गरे गोल – Online Khabar

[ad_1]

८ चैत, काठमाडौं ।  प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत दशरथ रंगशालामा जारी लाओससँगको खेलमा नेपालले अग्रता लिएको छ ।

३१ औं मिनेटमा नवीन लामाकाे कर्नरमा अनन्त तामाङले गाेललाइनबाट शानदार हेडरमार्फत गोल गरेका हुन्

नेपाली राष्ट्रिय टिमबाट सनिस श्रेष्ठले डेब्यु गरेका छन् ।

सशस्त्र प्रहरीको एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका सनिसले राष्ट्रिय टिममा परेपछिको पहिलो खेलमै डेब्युको मौका पाएका हुन् ।

नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले अञ्जन विष्टलाई बेन्चमा राखेका छन् भने भरत खवासलाई पनि पहिलाे राेजाइमा नै मैदान उतारेका छन् ।

नेपालको प्लेइङ ११ : किरण चेम्जोङ (कप्तान), रोहित चन्द, भरत खवास, अनन्त तामाङ, नविन लामा, एरिक विष्ट, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ र विकास खवास

नेपाल र लाओसबीचको खेलका तस्वीरहरू हेर्नुहोस् :

लाओसविरुद्ध नेपालको अग्रता, अनन्तले गरे गोल – Online Khabar

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्