रडमा खिया लाग्यो, झाडीले भरिन थाल्यो – Online Khabar

रडमा खिया लाग्यो, झाडीले भरिन थाल्यो – Online Khabar

[ad_1]

७ चैत, चितवन । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा यूएईविरुद्ध रोमाञ्चक जित निकाल्दै नेपालले विश्वकप छनौट खेलका लागि जिम्बाबेको यात्रा पक्का गर्‍यो ।

कीर्तिपुर खेल मैदानमा गतिलो प्याराफिट नहुँदा दर्शकहरु रुखका हाँगाविँगामा चढेर हेर्न बाध्य थिए । उनीहरुले नारा लगाए- गतिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चाहियो ।

प्रधानमन्त्री प्रचण्डले पनि खेलाडी, प्रशिक्षकसहितको टिमलाई बोलाएर बधाई दिँदै चितवनमा अलपत्र क्रिकेट रंगशाला निर्माणलाई सरकारले ध्यान दिने बताए ।

धुर्मुुस-सुन्तली फाउन्डेसनले तामझामका साथ चितवनको भरतपुर-१५ मा बनाउन सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अहिलेको अवस्था भने विजोक छ । बजेट अभावमा २०७८ साउन २२ गतेदेखि रंगशाला निर्माणको काम पूर्णरुपमा रोकिएको छ ।

काम रोकिँदासम्म मैदानको काम ९५ प्रतिशत पूरा भइसकेको फाउण्डेशनले जनाएको थियो तर अहिले सो मैदानमा दुबो हैन झारपात मौलाएको छ ।

कुल ३० हजार दर्शक क्षमताको रंगशालाको प्याराफिटमा ३ हजार दर्शक बन्ने प्याराफिटको पहिलो चरणको काम सकिएको छ । प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ । कुनै माथिसम्मपुगेका छन् भने कुनैमा सामग्री भर्न बाँकी छ ।

भीआईपी टावरको काम सुरू भएपछि फाउण्डेशनले काम रोकेको थियो । ठड्याइएका रडहरूले गत वर्षको एक बर्खा काटिसकेका छन् । खियाले रडहरू खिइदै जाँदा भविश्यमा ठूलो लगानीको पूर्वाधार नै प्राविधिक हिसाबले काम नलाग्ने हो कि भन्ने अवस्था छ ।

रडमा खिया लाग्यो, झाडीले भरिन थाल्यो – Online Khabarअब आउने बर्खा अगाडि नै गाँठो फुकाएर काम पुनः सुरु गर्न नसके थप क्षति हुने रंगशालाका प्राविधिक किशोर बर्मा बताउँछन् । ‘रडमा लागेको खिया भनेको क्यान्सर जस्तै हो, माथिल्लो भागमा लागेको खिया पिलर भित्रका रडमा समेत फैलिन्छ, अब निर्माणलाई पुनः सुरु गर्नेबारे सोचिएन भने आउने दिनमा थप समस्या हुन सक्छ,’ प्राविधिक बर्माले भने, ‘यसमा त सबैको रगत, पसिना र श्रम परेको छ, गम्भीरतापूर्वक लिइनु पर्छ ।’

उनले रडमा थप क्षति हुन नदिनका लागि ‘एन्टि रस्टिङ्ग केमिकल’को प्रयोग गर्न सकिने सुझाव दिए । ‘स्प्रे गरेर लगाउँदा काम गाह्रो त हुन्छ, तर बचाउन पर्‍यो नी,’ बर्मा भन्छन्, ‘देशका लागि रंगशाला चाहिने नै हो भने यसमा ढिला गर्नुपर्ने कारण के छ र ?’ उनले आफूहरु रंगशालामा गएर रडका टुक्राहरु ल्याएर चेकजाँच गर्ने क्रममा रहेको बताए ।

आर्किटेक इन्जिनियर उपेन्द्र सुवेदीले रडलाई लामो समयसम्म यत्तिकै राख्दा त्यसले भविश्यमा समस्या निम्तिने बताए । ‘धेरै जना रंगशालाको प्याराफिटमा चढेर खेल हेर्ने भएकाले लोड धेरै पिलरमा नै हुन्छ, एक-डेढ वर्षमा त खासै फरक नपर्ला तर, लामो समय यत्तिकै राख्दा पुनः प्राविधिक जाँच गर्नुपर्ने हुनसक्छ’ इन्जिनियर सुवेदीले भने, ‘राष्ट्रिय गौरवको परियोजना यसरी अलपत्र पार्नु हुँदैन ।’

फाण्उण्डेनका अध्यक्ष सिताराम कट्टेलले रंगशालाको काम अलपत्र हुँदा आफू पीडामा रहेको बताउँछन् । अहिले पनि रंगशाला कुरेर बस्ने काम आफूहरूले नै गरेको भन्दै अध्यक्ष कट्टेलले अब केही दिनमा नै आफ्ना सारा पीडाहरू राख्ने बताए । ‘नेपालले अन्तर्राष्ट्रिय क्रिकेट जितोस् भन्ने हामी सबैले चाहने तर रंगशाला बनाउन किन नचाहाने ?’ कट्टेलले प्रश्न गरे, ‘जे हो त्यही कुरा जनतालाई भन्नुपर्छ, अब कहिलेसम्म यसलाई लम्बाउने ?’

सरकारले राष्ट्रिय सतर्कता केन्द्रलाई रंगशालाको प्राविधिक जाँच गरी प्रतिवेदन पेश गर्न भनेको छ । सो प्रतिवेदन केन्द्रले तयार गरिसके पनि हालसम्म बुझाएको छैन । स्रोतका अनुसार प्रतिवेदनमा प्राविधिक रुपमा रंगशालामा समस्या नभएको निष्कर्ष निकालिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले केही दिन अगाडि सामाजिक सञ्जालमा रंगशालाको काम अब अगाडि बढ्ने संकेत गर्दै केही दिनमा नै खुसीको खबर आउने कुरा उल्लेख गरेकी थिइन् । दाहालकै बुवा पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री भएको बेला रंगशालाको गाँठो फुकाएर थप निर्माणको काम अगाडि बढाउने भन्दै नगर प्रमुख दाहाल दौडधुप गरिरहेकी छिन् ।

नेपाल र युएई बीचको खेल हेर्न काठमाडौंको कीर्तिपुर मैदानमा पुगेकी दाहाल नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान सुरक्षित गर्न सफल भएपछि उत्साहित बनेकी छन् ।

क्रिकेटको महत्व र गरिमा अझै बढी बोध भएको बताएकी दाहालले रंगशालालाई पूर्णता दिने प्रतिबद्धता पटकपटक दोर्‍याउँदै आएकी छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्