अभिषेक गिरी कारागारबाट छुटे, घरमा पार्टी – Online Khabar

अभिषेक गिरी कारागारबाट छुटे, घरमा पार्टी – Online Khabar

[ad_1]

६ चैत, विराटनगर । विवादास्पद छविका अभिषेक गिरी ९ वर्षको कैद अवधि पूरा गरी कारागारबाट छुटेका छन् ।

जिल्ला कारागार माेरङबाट गिरी आइतबार छुटेका हुन् ।

कैदमुक्त भएपछि गिरीले घरमा आफ्ना समर्थकलाई बोलाएर केक काटेर पार्टी दिएका  थिए ।

अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहरिएका गिरी गुण्डा नाइकेको रुपमा परिचित छन् ।

नेपाली कांग्रेस नेताको समर्थनमा गुण्डागर्दी गर्दै आएकाे आरोप लागेका उनी राजनीतिक पहुँचकै आधारमा दोस्रो पटक मोरङ आएर कारागारको चौकिदार बनेका थिए । चौकीदारकै रुपमा कैद अवधि पूरा गरे ।

२०७८ मंसिर ९ गते दोस्रो पटक मोरङ कारागार आएर चौकीदार बनेका गिरीको गत पुस २९ गते भिमफेदी कारागार सरुवा भएको थियो । तर उनले जान नमानेपछि प्रशासन पछि हट्याे । गिरीले मोरङ कारागार छाड्न नमानेपछि प्रशासनले मोरङबाटै थुनामुक्त गर्ने प्रकृया अगाडि बढाएको थियो ।

कारागारमुक्त भएपछि गिरीले अब सामाजिक काम गर्ने बताएका छन् । करिब ९ वर्ष कारागार बस्दा जीवन बुझेको बताएका उनले अब समाजसेवामा लाग्ने बताएका हुन् ।

अभिषेक गिरी कारागारबाट छुटे, घरमा पार्टी – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्