उपराष्ट्रपति यादव – Online Khabar

उपराष्ट्रपति यादव – Online Khabar

[ad_1]

३ चैत, काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रासहायप्रसाद यादवले संविधान रक्षा र पालना गर्दै मुलुकको राष्ट्रिय एकता मजबुत बनाउन इमान्दारितापूर्वक लाग्ने बताएका छन् ।

शुक्रबार निर्वाचित भइसकेपछि प्रतिक्रिया दिने क्रममा यादवले भने, ‘नेपालको संविधान,ऐन, कानुन बमोजिम आफ्नो भूमिका निर्वाह गर्नेछु । उपराष्ट्रपति पदको काम, कर्तव्य र अधिकार अनुुसार भूमिका निर्वाह गर्नेछु ।’

शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन आफ्नो तर्फबाट गर्न सकिने प्रयासलाई इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने उनले बताए ।

शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

उपराष्ट्रपति यादव – Online Khabar

नेपाली  कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यले मत दिएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्