वीरगञ्ज महानगरले ल्यायो अतिक्रमित ५ बिगाहा जग्गा फिर्ता

वीरगञ्ज महानगरले ल्यायो अतिक्रमित ५ बिगाहा जग्गा फिर्ता

[ad_1]

२९ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अतिक्रमणमा परेको ५ बिगाहा ७ कठ्ठा सार्वजनिक जग्गा फिर्ता ल्याएको छ । वडा नम्बर १७ र १९ को सीमामा पर्ने कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेको जग्गा महानगरले आफ्नो स्वामित्वमा ल्याएको हो ।

महानगरको नापी टोलीले उक्त जग्गा नापचाँज गरेर सार्वजनिक र निजी छुट्याएर तारबार गर्ने र वृक्षारोपण गर्ने तयारी गरेको छ । उक्त जग्गा वडा नम्बर १७ का वडा सदस्य अमोद यादवसहित केही स्थानीयले भोगचलन गर्दै आएका थिए ।

वडा सदस्य यादवले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गासँगैको ४ बिगाह सार्वजनिक जग्गा अतिक्रमण गरेर प्रयोग गर्दै आएको पाइएको वडा नम्बर १९ का वडाध्यक्ष मुकेशकुमार चौरसियाले जानकारी दिए । ‘अतिक्रमणमा परेको सार्वजनिक जग्गा नापजाँच गरेर डोजरको सहायताले छुट्याइसकेका छौं’ उनले भने ।

महानगरसँग सार्वजनिक जग्गा कति छ ? भन्ने कुनै तथ्यांक छैन । जसले गर्दा जग्गा खोजीमा कठिनाइ भइरहेको ऐलानी पर्ति जग्गा छानबिन समितिले जनाएको छ । छानबिन समितिका अध्यक्ष एवं वडा नम्बर २६ का अध्यक्ष शम्भु मिश्राले केही ठाउँमा समितिले जग्गा पत्ता लगाएर घरटहरा हटाउन सूचना समेत निकालिसकेको बताए ।

वीरगञ्ज महानगरले ल्यायो अतिक्रमित ५ बिगाहा जग्गा फिर्ता

‘ड्राइपोर्टबाट बहुअरी जाने बाटोमा दायाँतिर सिक्स लेन सडकसँगै जोडिएको १३/१४ कठ्ठा जमिन ऐलानी भेटिएको छ । मान्छेहरुले घर टहरा बनाएर बसेकोले हटाउन सूचना जारी गरिसकेका छौं’ मिश्राले भने ,‘रामगढवामा पनि ३ कठ्ठा जति ऐलानी जमिन देखिएको छ । चारैतिर जग्गाको बारेमा जानकारी गराउनु भनेर सर्कुलर जारी गरेका छौं ।’

सार्वजनिक, ऐलानी वा पर्ती जग्गाको बारेमा जानकारी आए लगत्तै समितिले छानबिन गरेर आवश्यक प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सार्वजनिक, ऐलानी, पर्ती जग्गा खोज्ने, मालपोत र नापी कार्यालयमा भिडाउने काम भइरहेको बताए ।

‘सार्वजनिक जग्गामा देखिएको अतिक्रमण हटाउन अभियान नै सञ्चालन गरेका छौं । जग्गा अतिक्रमण गरे भनेर कसैले लिखित वा मौखिक जानकारी गराइरहेका छन्,’ उनले भने, ‘मालपोत र नापी कार्यालयसँग समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाउने गरेका छौं ।’

सार्वजनिक जग्गा खोजेर संरक्षण गर्ने अभियान ३२ वटै वडामा सञ्चालन गरिने महानगरले जनाएको छ । वडा कार्यालयलाई सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेख राख्न निर्देशन दिइसकेको मेयर राजेशमान सिंहले बताए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्