पुलिसको लगातार तेस्रो हार, संकटा बिजयी – Online Khabar

पुलिसको लगातार तेस्रो हार, संकटा बिजयी – Online Khabar

[ad_1]

पुलिसको लगातार तेस्रो हार, संकटा बिजयी – Online Khabar

संकटा क्लब

२७ फागुन, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो हार व्यहोरेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा पुलिस संकटा क्लवसँग ३–० गोल अन्तरले पराजित भएको हो । १२ औं मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । काउन्टर गर्ने क्रममा दायाँ कर्नरबाट सुनिल श्रेष्ठले मिलाएको पासलाई गणेशले बक्स भित्रबाट चिप गोल गरेका हुन् ।

खेलको ८० औं मिनेटमा रोशन पहारीले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए । मनिष डांगीको प्रहार पुलिसका रक्षक अञ्जन राईले फर्काउँदा प्राप्त रिबाउन्ड बललाई रोशनले २५ यार्डबाट गोलमा परिणत गर्न सफल भएका थिए । त्यसको ६ मिनेट पछि संकटाले तेस्रो गोल गर्‍यो । सुरजज्यू ठकुरीले गोल गर्दै संकटालाई ३–० को सहज जित दिलाए । मनिष डांगीले मिलाएको पासलाई सुरजले बक्सबाहिरबाट पहिलो प्रयासमा नै गोल गर्न सफल भएका थिए ।

यस जितसँगै संकटाले तीन खेलमा चार अंक जोड्दा तीन वटै खेलमा पराजय व्यहोरको पुलिस अंक बिहीन छ । यसअघि संकटाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरी खेल्दा मनाङ मर्स्याङ्दी क्लबसँग १–० को पराजय व्यहोरेका थियो । उता पुलिस चर्च ब्वाइज युनाइटेसँग पहिलो खेलमा २–१ तथा दोस्रो खेलमा हिमालयन शेर्पा क्लबसँग १–० ले पराजित भएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्