नवनिर्वाचित राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता

नवनिर्वाचित राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता

[ad_1]

नवनिर्वाचित राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिंदै सभामुख देवराज घिमिरे । फोटो : सभामुखको सचिवालय

२६ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । पौडेलको निजी निवास बोहोराटारमा भेटवार्ता भएको हो ।

भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औं सम्मेलनमा भाग लिन आफू बहराइन जान लागेको जानकारी पनि पौडेललाई गराएका थिए । सोही कारण आफू नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्ने जानकारी पनि सभामुखले गराएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्