जंगलको आगो वस्तीमा पस्दा २ घर जले – Online Khabar

जंगलको आगो वस्तीमा पस्दा २ घर जले – Online Khabar

[ad_1]

जंगलको आगो वस्तीमा पस्दा २ घर जले – Online Khabar

फाइल तस्वीर ।

२३ फागुन, फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका-१ को जंगलमा लागेको डढेलो वस्तीमा पस्दा दुई वटा घर जलेका छन् ।

आगलागीबाट कुम्मायक गाउँपालिका-१ साठीमुरेमा वसन्तकुमार चाम्लिङ र उनका छोरा छत्रबहादुरको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ करिब ५ बजेतिर घरमा आगो सल्किएको थियो । स्थानीयवासी र प्रहरीले आगो निभाउन प्रयास गरे पनि सकेनन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरसँगै अन्नपात, लत्ताकपडा, नगद र गहनासमेत गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्