[ad_1]
ज्योति बानियाँ/फाइल तस्वीर
२१ फागुन, काठमाडौं । अधिकारकर्मी ज्योति बानियाँ नेतृत्वको उपभोक्ता हित संरक्षण मञ्च नेपालले राष्ट्र संघले नेपाल भित्र्याएको कुहिएको चामलको बचाउ गरेको छ ।
उपभोक्ता हित संरक्षणको वकालत गर्ने मञ्चका अध्यक्ष बानियाँले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्. कार्यालयलाई एक पत्र लेख्दै चामलको गुणस्तर जाँच गर्ने कर्मचारी र चामलको गुणस्तर जाँचको प्रक्रिया थाल्ने भन्सारका कर्मचारीलाई कारबाही गर्न माग गरेको हो ।
मन्त्रिपरिषद् कार्यालय मातहतको केन्द्रीय अनुगमन समितिलाई लेखिएको पत्रमा भन्सारले गलत ढंगले नमूना संकलन गरेको र गुणस्तर जाँचकीले पनि कानुनी त्रुटि गरेको आरोप लगाइएको छ ।
‘नेपालगञ्ज भन्सार कार्यालयले १७ माघमा ३ मध्ये एउटा कन्टेनरबाट मात्रै २ वटा बोराको नमून लिएर प्रयोगशाला परीक्षणमा पठाइएको र यसरी नमूना पठाउँदा भन्सार ऐन २०६४ को दफा ३० को प्रक्रिया पुरा नगरेको देखियो,’ मञ्चले भनेको छ, ‘भन्सारको अनुरोधअनुसार प्रयोगशाला परीक्षण गरेर नतिजा पठाउनु पर्नेमा कानुन विपरित कन्टेनरको स्थलगत निरिक्षणमा गएको बुझियो ।’
मञ्चले डब्लूएफपीले आयात गरेको चामलको नमूना पूर्वाहग्रहपूर्ण रुपमा संकलन गरेको र अख्तियारको चरम दुरुपयोग गरेको आरोप लगाएको छ । मञ्चले दिवा खाजामा केही घरानाको चामल बिक्री गर्नका लागि दबाब दिइएको र घटना उचालेर सञ्चार माध्यममा प्रचार प्रसार गर्न लगाइएको आरोप पनि मञ्चको छ ।
आयात भएको एक हजार ८० बोरा चामल मध्ये दुर्नियतका साथ २ बोरा मात्रै झिकेर गुणस्तर जाँच गरिएको आरोप पनि मञ्चको छ ।
निवेदनको पूर्णपाठः

[ad_2]
Source link








