राष्ट्रपतिमा सहयोग गर्न सक्दैनौं – Online Khabar

राष्ट्रपतिमा सहयोग गर्न सक्दैनौं – Online Khabar

[ad_1]

राष्ट्रपतिमा सहयोग गर्न सक्दैनौं – Online Khabar

एकीकृत समाजवादीको कार्यालयमा एमाले र एकीकृत समाजवादी पार्टीका नेताहरु । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर ।

१८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूहरु कांग्रेस उम्मेदवारको प्रस्तावक र समर्थक भएका कारण राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नसक्ने जवाफ नेकपा एमाले नेताहरुलाई दिएको छ ।

बिहीबार एकीकृत समाजवादीको कार्यालयमा अध्यक्ष नेपालसँग भेट्न आएका एमाले नेताहरुले राष्ट्रपतिमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मतदान गर्न सहयोग मागेका थिए ।

भेटघाटबारे जानकारी गराउँदै एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नेताहरुले मत मागेको र अध्यक्ष नेपालले धन्यावाद दिएको बताए ।

‘उहाँहरुले राष्ट्रपति चुनावमा आफ्ना उम्मेदवारलाई मतदान गर्नका निम्ति आग्रह गर्नुभएको छ,’ उनले भने, ‘हाम्रो तर्फबाट पार्टी अध्यक्षले आफ्ना धारणा राख्दै मत माग्न आउनुभयो, सौहाद्र्धपूर्ण सम्बन्ध विकास गर्ने आधार सिर्जना गर्नुभयो, तपाईंहरुलाई धेरै धन्यवाद भन्नुभयो ।’

खतिवडाले राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक र सर्मथक भएकाले सहयोग गर्न सकिने अवस्था नरहेको जानकारी एमाले नेताहरुलाई गराएको बताए ।

‘राष्ट्रपति निर्वाचनमा हामी माननीय रामचन्द्र पौडेलको प्रस्तावक रहेको पार्टी भएको हुनाले तत्काल उहाँहरुलाई यसो गर्छौं भन्न सक्ने स्थिति पनि थिएन’, खतिवडाले भने, ‘त्यो कुरा उहाँहरुले पनि बुझ्नुभएको छ । मनन पनि गर्नुभएको छ ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्