सिद्धार्थ उद्योग वाणिज्य संघको चुनावमा दुई प्यानल

सिद्धार्थ उद्योग वाणिज्य संघको चुनावमा दुई प्यानल

[ad_1]

सिद्धार्थ उद्योग वाणिज्य संघको चुनावमा दुई प्यानल

ठाकुरकुमार श्रेष्ठ (बाँया) र विजय पाण्डे ।

१३ फागुन, बुटवल । सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई वटा प्यानलको उम्मेदवारी दर्ता भएको छ ।

फागुन २० गते हुने संघको ६४औं साधारण सभा अधिवेशन अन्तर्गत हुने निर्वाचनमा ठाकुर कुमार श्रेष्ठ र विजय पाण्डेले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठ नेपाली कांग्रेस र पाण्डे नेकपा एमाले निकट व्यवसायी हुन् ।

वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्य र अरुणकुमार गोयन्का, वाणिज्य उपाध्यक्षमा गोविन्द ज्ञवाली र रविकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । उद्योग उपाध्यक्षमा हरिबहादुर थापा र दिलीप कान्दुले उम्मेदवारी दिएका छन् ।

महासचिव पदमा कृष्णप्रसाद घिमिरे र गोपाल भण्डारीले उम्मेदवारी दिएका छन् भने सचिवमा धर्मवीर शर्मा र मंगल भण्डारीले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिए । कोषाध्यक्षमा गंगा सागर अग्रहरि, कमल प्रसाद मरासिनी र गौरवलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

कर्पोरेट उपाध्यक्षमा रोहितकुमार अग्रवाल, सहकोषाध्यक्षमा सञ्जय बेरिवाल, कर्पोरेट सदस्यमा विकास गोयन्का, अर्पित अग्रवाल, महिला सदस्यमा पल्लवी न्यौपाने, वाणिज्य महिला सदस्यमा यमकला न्यौपाने निर्विरोध निर्वाचित भएको निर्वाचन गौडेलले जानकारी दिए ।

संघमा २९ सय बढी मतदाता रहेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्