घरेलु मैदानमा स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित (तस्वीरहरू)

घरेलु मैदानमा स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित (तस्वीरहरू)

[ad_1]

९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू को घरेलु मैदानमा भएको शृंखला नेपालले क्लिन स्वीप गरेको छ ।

त्रिकोणात्मक शृंखलाको चारै वटा खेल जित्ने क्रममा नेपालले आज अन्तिम खेलमा लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

नेपाललाई जिताउन कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेका थिए । लिग च्याम्पियन भइसकेको स्कटल्याण्डलाई २१२ मा अलआउट गरेको नेपाल सुरुवातदेखि नै दबाबमा परेको थियो ।

१३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । तर दबावका बीच कप्तानी पारी खेलिरहेका रोहितलाई करण केसीले बलियो साथ दिएपछि नेपालले २१३ रनको लक्ष्य ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । रोहितले अविजित ९५ रन बनाए ।

१०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । दशौं नम्बरमा ब्याटिङ गर्न आएर पनि रोहितसँग उत्कृष्ट साझेदारी गरेका करणले ३७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३१ रन बनाए ।

नेपाल र स्कटल्याण्डबीचको खेलका तस्वीरहरू हेर्नुहोस् :घरेलु मैदानमा स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित (तस्वीरहरू)  

 

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्