संसारकै ठूलो पिज्जा बनाएर युट्युबरले राखे विश्व किर्तिमान

संसारकै ठूलो पिज्जा बनाएर युट्युबरले राखे विश्व किर्तिमान

[ad_1]

काठमाडौं । चर्चित अमेरिकी युट्युब स्टार एयरर्याकले अहिलेसम्मकै ठूलो पिज्जा तयार गरी गिनिज बुकमा नाम लेखाएका छन् ।

Pizza Hut सँगको सहकार्यमा युट्युबर Airrack ले १३ हजार ९९० वर्गफिट आकारको भिमकाय पिज्जा तयार गरेका हुन् ।

उनको उक्त पिज्जाले यसअघिको १३ हजार ५८०.२७ वर्गफिट क्षेत्रफलको पिज्जाको किर्तिमान तोडेको छ । उक्त पिज्जा सन् २०१२ मा इटालीको रोममा रहेको NIPfood ले तयार गरेको थियो ।

अमेरिकाको लस एन्जल्समा आयोजित समारोहमा तयार पारिएको उक्त किर्तिमानी पिज्जाले विश्व किर्तिमान कायम गरेसँगै टुक्रा टुक्रा पारेर च्यारिटीहरुलाई वितरण गरिएको थियो ।

यो विशालकाय पिज्जा तयार गर्न ६ हजार १९२ केजीभन्दा धेरै पिठो, करिब २ हजार २४४ केजी गुलियो मेरिनारा सस, करिब ३ हजार ९९१ केजी चिज र ६ लाख ३० हजार भन्दा धेरै पेप्पेरोनीका टुक्रा प्रयोग गरिएको थियो ।

लस एन्जल्स कन्भेन्सन सेन्टरमा यो पिज्जालाई पूर्णरुपमा तयार गरी सजावट र बेकिङ गरिएको हो । यसलाई एकैपटक पकाउन सम्भव नभएकाले हिस्सा हिस्सामा पकाइएको थियो । स्थानीय खाद्य स्वच्छता नियमको पालना तथा खाद्य निरीक्षकको उपस्थितिमा उक्त पूर्ण स्वस्थ पिज्जा तयार गरिएको हो।

संसारकै ठूलो पिज्जा बनाएर युट्युबरले राखे विश्व किर्तिमान

द पिज्जा हटमा The Big New Yorker नामक १९९० को दशकको चर्चित पिज्जाको आगमन भएको अवसरमा उक्त किर्तिमानी पिज्जा तयार गरिएको हो । साथै युट्युबर एयरर्याको युट्युब च्यानलमा १ करोड सब्सक्राइबर पुगेको उपलक्ष्यलाई पनि यो किर्तिमानी पिज्जाको तयारीसँग जोडियो । गिनिज वर्ल्ड रेकर्डस्‌बाट



[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्