चाँडै नाफा कमाउन खोज्नेहरूका कारण लघुवित्त बदनाम भए

चाँडै नाफा कमाउन खोज्नेहरूका कारण लघुवित्त बदनाम भए

[ad_1]

लघुवित्तका कारण नेपालमा धेरै ठूला उपलब्धि भएका छन् । वित्तीय साक्षरता, गरिबी निवारण, महिला चेतना, शिक्षा, स्वास्थ्य, शौचालय निर्माण, खानेपानीजस्ता यावत क्षेत्रमा लघुवित्तले ठूलो योगदान गरेको छ ।

एउटा सानो समस्याका कारण ठूला उपलब्धीहरु ओझेलमा पर्नु हुँदैन । समस्या आउँछन्, आपसमा छलफल गरेरै समाधान खोज्न सकिन्छ । त्यसो नगर्ने हो भने ३० औं वर्षदेखि लघुवित्तले गरेका ठूलाठूला योगदान नजरअन्दाजमा पर्न सक्छन् । त्यसकारण आजै एक सटमा लघुवित्त बन्द गरौं भन्ने माग जायज हुन सक्दैन ।

लघुवित्तको समस्यालाई केस्राकेस्रामा केलाएर हेर्नुपर्छ । लघुवित्तबाट समस्यामा पर्नेमा सामुमहाजनसँग ऋण लिएका ऋणी, ऋणलाई उपभोगमा खर्च गर्ने ऋणी र व्यवसाय फस्टाउन सक्दा समस्यामा पर्ने ऋणी गरी ३ प्रकारका देखिन्छन् । गाउँका साहु महाजन पनि जोडिएको ठाउँमा बढी समस्या देखिएको छ ।

जो वास्तवमै मर्कामा छन् उनीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुसँग भएको क्लाइन्ट प्रोटेक्सन फण्डसहितका उपाय लगाएर समस्या समाधानमा जान सकिन्छ । आवश्यक पर्दा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआएर) तथा अर्वानेसको प्रयोजनमा हुने खर्चलाई समेत ऋणीको समस्या समाधानमा प्रयोग गर्न सकिन्छ ।

वास्तविक रुपमा समस्यामा परेका ऋणीलाई कसरी सहयोग गर्न सकिन्छ, त्यसलाई केस्रा केस्रामा केलाएर एक महिनाभित्र खाका पेश गर्न लघुवित्तहरुलाई राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । उक्त खाका आइसकेपछि हामी बसेर, छलफल गरी समस्या समाधानको उपाय खोज्न सक्छौं । तर लघुवित्तको ऋण ऋण मिनाहा हुन्छ भन्ने भ्रम कसैले पनि राख्नुहुन्न ।

कुनै एक व्यक्तिले लिएको ऋण अर्को व्यक्तिले गरेको बचतको रकम हो भन्ने कुरा ऋणीले कहिल्यै पनि बिर्सनु हुँदैन । आज कसैले म ऋण तिर्दिन भन्यो भने बैंकले बचतकर्ताको रकम फिर्ता दिन सक्दैन, त्यतिबेला ठूलो आन्दोलनको अवस्था आउन सक्छ । सर्वसाधारणले खाइ–नखाई गरेको बचतबाटै बैंक तथा वित्तीय संस्थाबाट ऋण÷सापटी लिएर लघुवित्तले ऋण दिएको हो ।

कोरोना महामारीपछिको आर्थिक स्थिति र तरलताको अभावले लघुवित्तमा समस्या सुरु भएको बुझ्न सकिन्छ । पहिले लघुवित्त संस्थासँग पैसा थियो, अतिरिक्त ऋण दिएर कर्जा असुलीको प्रक्रिया पनि व्यवस्थित भइरहेको थियो । जब कोरोना महामारीको समयमा सबैजना घर भित्रै बस्नु पर्ने भयो, उत्पादन बिक्री भएन, भएको पैसा खर्चमै सकियो ।चाँडै नाफा कमाउन खोज्नेहरूका कारण लघुवित्त बदनाम भए

पछिल्लो समय बैंक वित्तीय संस्थामा तरलताको संकट आएपछि लघुवित्तले पनि सापटी लिन सकेनन् । त्यसपछि लघुवित्तले थप ऋण दिन नसक्ने भए । यी विविध कारणको एकमुष्ट स्वरुप नै आज समस्याका रुपमा देखिएको हो । यो आजको आजै आएको होइन । विगत केही वर्षदेखिको विकसित रुप हो ।

लघुवित्त स्वशासित संस्था हुन् । यी संस्थाका संस्थापक, लगानीकर्ता, कर्मचारी र ऋणीहरु समेत सुशासनमा बस्नुपर्छ । सोही मान्यताका कारण राष्ट्र बैंकले अलिकति लचक भएर हेरेको हो । लघुवित्तका ३३ लाख ऋणी छन् । यी सबैको एक एक गरी राष्ट्र बैंकले फाइल हेर्न सक्दैन । यो फाइल हेर्ने काम सम्बन्धित लघुवित्त संस्थाको हो ।

राष्ट्र बैंकले वित्तीय संस्थालाई नियन्त्रण होइन, सहजीकरण गर्छ, लघुवित्त संस्थाहरुले पनि ऋणलाई कसरी सहज बनाउने, त्यसतर्फ ध्यान दिनुपर्छ । वाणिज्य बैंक, विकास बैंकलाई राष्ट्र बैंकले जसरी कस्छ, लघुवित्तलाई त्यसरी कडाई गरिएको छैन । यो कस्ने खालको बिजनेस मोडल होइन, उहाँहरु आफै स्वःशासित भएर जानुपर्छ ।

पछिल्लो समय लघुवित्त बढी नै व्यापारीकरण भएको छ । केही सेयर बजारका खेलाडी यसमा पसेर पनि विकृति आएको हो । यसलाई सुधार गर्न कम्पनी ऐनमा दर्ता गर्ने, अहिलेको मोडालिटी परिवर्तन गर्ने, लाभांशमा बन्देज लगाउने जस्ता विषय उठेका छन्, यसलाई दीर्घकालीन रुपमा सोच्नुपर्छ । चाँडै मुनाफा कमाउने केही लघुवित्तले बजारमा ल्याएको विकृतिले सबै लघुवित्त बदनाम भएको हो ।

धेरै लघुवित्तले कर्मचारीलाई निश्चित रकम ऋण लगानी गर्नुपर्ने लक्ष्य तोकिदिने गरेका छन् । कर्मचारीले लक्ष्य भेट्टाउन घरघरमा गएर पैसा बाँड्ने गरिरहेका छन् । आउनुस्, हामी दिन्छौं भनेर सजिलै रकम वितरण गर्ने र फिर्ता लिँदा ज्यादै कडा गर्ने काम भइरहेको छ ।

संस्थाहरु बढी भए भन्ने गुनासो सुनिन्छ, यस्तो विषयलाई सच्याउँदै जाने हो । एकै पटक बन्द गर्नुपर्छ भन्ने सोच्दै नसोचौं । यसले ठूलो उपलब्धि गुम्छ र हामी धेरै वर्ष पछाडि धकेलिन्छौं ।

अब राष्ट्र बैंकले सकेसम्म एउटा मात्र र त्यो सम्भव नभए दुई वा तीन भन्दा बढी संस्थामा संलग्न हुन नपाउने निर्देशक चाँडैनै जारी गर्ने प्रक्रियामा छौं । एउटा लघुवित्तले ऋणीसँग १५ प्रतिशत भन्दा बढी ब्याज लिन पाउँदैन, त्यस्तो सूचना आए हामी तत्कालै कारबाही गर्छौं । सेवा शुल्कका नाममा विगतमा लघुवित्त संस्थाले केही कमीकमजोरी गरेका छन् । सेवा शुल्क फिर्ता गराउने प्रक्रिया सुरु भइसकेको छ ।

लघुवित्तका ऋणी पनि उत्तिकै सचेत हुनुपर्छ । ऋण लिनु भन्दा अगाडि ब्याज कति लिन्छ, सेवा शुल्क कति लिन्छ, परियोजनामा ऋण थप्ने हो भने कति शुल्क लाग्छ भन्ने बारे ऋणीले पनि राम्रोसँग ध्यान दिनुपर्छ ।

समूहका सबैले सबैको जिम्मेवारी लिन्छौं भनेर सही गरेर ऋण दिइएको हुन्छ । अहिले अप्ठ्यारो प¥यो, फलानासँग सम्बन्ध बिग्रियो भनेर गुनासो गर्नु अगाडि संस्थाबाट नबुझिकन प्रवेश गर्नु भएन ।

लघुवित्तहरुले पनि सेवा प्रदायकलाई राम्रोसँग कुरा नबुझाई ह्वारह्वारी पैसा बाँडेको देखिएको छ । अर्कोतर्फ आप्mना ऋणीप्रति सम्मानजनक र व्यवसायिक व्यवहार गर्नुपर्छ । रातिको १०, ११, १२ बजे ऋणीको घरमा गएर बाख्रा–पाठा तान्ने, घरमा आग्लो लगाइ दिनेसम्मको काम गरेको गुनासो आएको छ । यस्ता काम कदापि गर्नु हुँदैन । लघुवित्तहरुले आफ्ना कर्मचारीलाई तत्कालै यसबारे सचेत गराउनुपर्छ ।

यहाँ लघुवित्त संस्था र ग्राहक दुबै पक्षबाट गल्ती भएको छ । त्यसकारण मिलेर समस्या समाधान गरौं । सरकार, राष्ट्र बैंक र संस्थाहरुले के गर्नुपर्छ, ऋणीले के गर्नुपर्छ यसबारे छलफल गरौं र निष्कर्षमा पुगौं ।

(सोमबार आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको ‘लघुवित्तमा संकट ः कारण र समाधान’ विषयक कार्यक्रममा नेपालले राखेको धारणाको सम्पादित अंश)

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्