‘स्थानीयले सुरूमा दिमाग खुस्केका भनेर उडाए !’ – Online Khabar

‘स्थानीयले सुरूमा दिमाग खुस्केका भनेर उडाए !’ – Online Khabar

[ad_1]

‘स्थानीयले सुरूमा दिमाग खुस्केका भनेर उडाए !’ – Online Khabar

ड्रागन फ्रुटका बिरुवामा सिंचाइ गर्दै ज्ञानप्रसाद ढकाल ।

५ फागुन, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ गोहोरेका ज्ञानप्रसाद ढकालले एक दशकसम्म वायो ग्याँस र सोलार सम्बन्धी काममा बिताए । भूकम्पपछिको समय गैरसरकारी संस्थामा काम गरे । राजनीतिमा पनि सक्रिय नै थिए । अन्ततः यी सबै क्षेत्रलाई बिट मार्दै उनी अहिले ड्रागन फ्रुट खेतीमा रमाउन थालेका छन् ।

गोरखा नगरपालिका–१२ लुदीखोला स्थित बेलबोटेको करिव ६२ रोपनी बाँझो जमिनमा उनले ड्रागन फ्रुटको व्यवसायिक खेती सुरु गरेका छन् । उनलाई भान्जा चुडामणी पोखरेलले साथ दिएका छन् । वनमासा फाँडेर एक वर्ष अघिबाट खेती सुरु गरिएको ढकाल बताउँछन् । ‘पहिले खेती हुने जग्गा रहेछ, लामो समय बाँझो भएकाले वनमासाको घारी थियो,’ उनले भने, ‘सबै वनमासा फाँडेर ड्रागन फ्रुट खेती सुरु गर्यौं ।’

२०७७ सालमा गोरखा हिमालयन नेक्टर प्लस प्रालि दर्ता गरेर २०७८ जेठदेखि खेती सुरु  गरेको उनले जानकारी दिए । इटहरीबाट ल्याइएको ‘सी भेराइटी’को करिब ६ हजार २ सय विरुवा सो क्षेत्रमा लगाइएको छ । २१० रुपैयाँका दरले विरुवा खरिद गरिएको ढकाल बताउँछन् ।

विरुवाका लागि ३१ सय पोल गाडिएका छन् । एउटा पोलमा दुई वटा विरुवा लगाइएको छ । केहीले उत्पादन सुरु गरिसके, केही विरुवा हुर्कंदै छन् । हालसम्म ३०० क्विन्टल फल उत्पादन गरेर बिक्री गरिसकेको ढकाल बताउँछन् । ‘खासमा बिरुवा लगाएको तीन वर्षमा बल्ल राम्रोसँग उत्पादन हुन थाल्छ,’ उनले भने, ‘एउटा बोट हुर्किएपछि त्यसले कम्तिमा २० वर्षसम्म उत्पादन दिन्छ ।’

ड्रागन फ्रुट खेती गर्ने हुटहुटी जागेपछि उनले इन्टरनेटको सहायताबाट सोधीखोजी गरे । पूर्वमन्त्री लोकेन्द्र विष्टले दाङमा गरेको खेतीबाट प्रभावित बनेका उनी विष्टको फर्म अवलोकनमा समेत गए । फर्किएर प्राविधिकबाट लुदी खोला कोरिडोरको माटो परीक्षण गराए । खेतीका लागि उपयुक्त देखिएपछि ६२ रोपनी जग्गा किनेर ड्रागन फ्रुट खेती सुरु गरे । प्रतिरोपनी १ लाख ९० हजारमा जग्गा खरिद गरेको ढकालले जानकारी दिए ।

उनका अनुसार हालसम्म यो खेतीमा तीन करोडभन्दा बढी लगानी भइसकेको छ । कम्पाउण्डिङमा मात्रै २५ लाख खर्च भएको उनी बताउँछन् । ६० लाख खर्चेर तीन वटा भवन बनाइएको छ । एउटा गोदामका लागि तथा अरु कर्मचारी र आफ्नो वासस्थानको लागि प्रयोग गरेका छन् । हाल तीन जना स्थायी कामदार छन् । आवश्यकताको आधारमा अन्य कामदारको व्यवस्था गर्ने गरेको उनी बताउँछन् ।

उनले उत्पादन गरेका ड्रागन फ्रुटको मुख्य बजार काठमाडौं हो । माग बढी भएकाले बजारको समस्या नहुने तर्क गर्दै ढकाल भन्छन्, ‘नेपालको उत्पादनले माग धान्न सकेको छैन, अहिले भियतनाम, भारत लगायतका देशबाट आयात हुन्छ, तर यहाँको जस्तो स्वादिलो र मिठो हुँदैन ।’ हाल बजार मूल्य प्रतिकेजी ८ सयसम्म रहेको उनले जानकारी गराए ।

बैंकबाट करिव दुई करोड ऋण लिएर खेती सुरु गरेको बताउने उनीहरु खेती बिस्तार गर्ने तयारीमा छन् । १२ सय पोल थपेर विरुवा रोप्ने तयारी भइरहेको ढकालले बताए । भविष्यमा जुस उद्योग खोल्ने योजना समेत रहेको उनले सुनाए । एक वर्षमा करिव डेढ करोड आम्दानी गर्ने अपेक्षा उनीहरुको छ ।

जिल्लाका अन्य क्षेत्रमा पनि ड्रागन फ्रुट खेती गरे पनि यति धेरै क्षेत्रफलमा खेती गर्ने आफूहरु पहिलो रहेको ढकाल दाबी गर्छन् । ‘जिल्लाका अन्य ठाउँ भएको खेती थोरै क्षेत्रफलमा छ, यति धेरै क्षेत्रफलमा खेती सुरु गर्ने हामी नै पहिलो हौं,’ उनले भने, ‘खेती गर्दा सुरुमा त स्थानीयले दिमाग खुस्केकाले सिउँढी रोपे भनेर उडाए, अहिले चाहिँ अचम्म परेका छन् ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्