निफमा फिचर फिल्मतर्फको जुरीमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित

निफमा फिचर फिल्मतर्फको जुरीमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित

[ad_1]

निफमा फिचर फिल्मतर्फको जुरीमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित

अमेरिकी अभिनेता जेफ मोनाहान

काठमाडौं । छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को फिचर फिल्मतर्फको जुरीमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएका छन् । यससँगै आगामी चैत २ देखि ६ गतेसम्म हुने निफको जुरी कमिटीले पूर्णता पाएको निफले जनाएको छ ।

मोनाहान फिल्म अभिनेताका साथै फिल्म निर्माता र लेखकसमेत हुन् । यसअघि यस विधाको प्रमुखमा भारतीय फिल्म समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा चर्चित अभिनेत्री प्रियंका कार्की मनोनित भइसकेका छन् ।

त्यसैगरी छोटा तथा वृत्तचित्रतर्फको जुरीमा क्रोएसियाकी फिल्म विशेषज्ञ प्रा. डा. इतामी बोर्जन मनोनित भएकी छन् । शिक्षाविद्समेत रहेकी बोर्जन क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा एथ्नोग्राफिक, डकुमेन्ट्री, विश्व फिल्मको इतिहास र सिद्धान्त अध्यापन गराउँछिन् । यसअघि यस विधाको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन प्रा. ली रान र सदस्यमा माया एकेडेमीका इन्द्र लाल बलामी मनोनित भइसकेका छन् ।

क्रोएसियाली फिल्म विशेषज्ञ प्रा. डा. इतामी बोर्जन

यस वर्ष निफमा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५  लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । निफमा गोष्ठी र अन्तरक्रिया कार्यक्रमसमेत गरिने जनाइएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्