रुप ज्योती – Online Khabar

रुप ज्योती – Online Khabar

[ad_1]

१ फागुन, काठमाडौं । भारतको दुई पांग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपाल जनरल मार्केटिङ (एनजीएम)सँगको आधिकारिक विक्रेताको सम्भौता भंग गरेको छ । एनएमजीसँगको ‘अथोराइज्ड डिलरसिप’को सम्झौता खारेजीपछि हिरोले नयाँ आधिकारिक विक्रेताको खोजी थालेसँगै विवाद चर्किएको छ ।

ज्योती ग्रुप अन्तरगतको एनजीएमले हिरोको कदमविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । रिटमा सुनुवाइ गर्दै सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले एनजीएमको पक्षमा अन्तरकालीन आदेश जारी गरेको छ ।

तर, अन्तरिम आदेश र अन्तिम फैसला कस्तो आउँछ भन्नेमा एमजीएको डिलरसिपको भविष्य निर्धारण हुनेछ । एनजीएमले ठूलो लगानीमा नेपालमै बाइक एसेम्ब्ली प्लान्ट राख्न तयारी सक्नै लाग्दा हिरोको अप्रत्यासित कदमले एनजीएमलाई ठूलो झड्का लागेको छ ।रुप ज्योती – Online Khabar

ज्यती ग्रुपका अध्यक्ष डा. रुप ज्योती हिरो मोटोकर्पको कर्मचारीवृत्तबाट यस्तो अप्रिय निर्णय भएको भन्दै अझै पनि हिरोले निर्णयमा पुनर्विचार गर्ने अपेक्षा व्यक्त गर्छन् । हिरोको कदमबारे ज्योतीसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

हामीले हिरो मोटोकर्पसँग त झण्डै ४० बर्षदेखि काम गर्दै आएका हौं । हिरो र होण्डा छुटिँदा पनि ज्योति ग्रुपले हिरोलाई साथ दियो । नेपालमा हिरोको सेल्स पनि राम्रो थियो, उनीहरुले दिएको टार्जेटभन्दा धेरै नै बेच्दै आएका थियौं ।

पछिल्लो समय नेपाल सरकारले नेपालमा एसेम्बलिङ प्लान्ट लगाउन प्रोत्साहन गरेपछि हिरो मोटोकर्पसँग सल्लाह गरेरै परवानीपुरमा प्लान्ट लगाउन सुरु गर्‍यौं । हिरोले मोटरसाइकलका पाटपूर्जा(सीकेडी) लाई केही महंगो मूल्य कोट गर्‍यो । नेपालमा प्लान्ट लगाएका बजाज र टीभीएसको मूल्य हेरेर पनि हामीले महंगो पनि ठिकै छ नि भनेर स्वीकार्‍यौं ।

प्लान्टको सामान जडान भइसकेपछि जब हिरोको टिम प्लान्ट निरीक्षण गर्न आयो, तब उनीहरुले पुरानो सहमतिभन्दा फरक कुरा गर्न थाले । अहो ! तिमीहरुलाई त सरकारले यत्रो ठूलो लाभ दिएको रहेछ, त्यसमा हाम्रो पनि हिस्सा चाहिन्छ भन्न थाल्यो ।

हामीले भन्यौं- प्लान्टका लागि झण्डै एक अर्ब रुपैयाँ खर्च भएको छ, त्यो सबै लगानी हामीले गरेका छौं, सञ्चालन खर्च छ, लगानीको जोखिम छ, त्यसमाथि नेपाल सरकारले एम्बलिङका लागि दिएको सुविधा कहिले खोस्छ टुंगो हुँदैन । सरकारले दिएको लाभलाई हेरेर तिमीले हिस्सा खोज्न मिल्दैन ।’

उनीहरु हाम्रो लगानीलाई पनि मान्न तयार भएनन्, हाम्रो जोखिम पनि देखेनन्, केबल लाभमा मात्र आँखा लगाए । तिम्रो प्लान्टको भाडा तिर्छौं, उत्पादन भएको मोटरसाइकलमा बिक्री हुँदा केही हजार रुपैयाँ तिम्रो भाडा भनेर लेउ भन्न थाले । त्यसलाई पनि हामीले मान्ने कुरा थिएन । कुनै उद्योगीले उद्योग लगाएर भाडामा लगाउन त सक्दैन, त्यसको कुनै बिजनेस सेन्स नै हुँदैन ।

अन्तमा उनीहरुले पाटपूर्जाको भाउ बढाइदिए, पहिले सहमति भएको भन्दा झण्डै १८ प्रतिशतले । वास्तबमा उनीहरुले सुरुमै एसेम्बलिङ शुल्कसमेत जोडेर पाटपूर्जाको भाउ लगाएका थिए, त्यसमा हामीले लामो समयको सम्बन्ध र सहयात्रालाई सम्झिएर कम्प्रमाइज गरेका थियौं, त्यसमाथि पनि १८ प्रतिशत महंगोमा सामान दिएर नाफा जति भारततिरै राख्ने प्रपञ्च गरेपछि हामीले त्यसको बिरोध गर्‍यौं । हामीले कहिले पनि सोचेका थिएनौं कि उनीहरुले यस्तो नाजायज डिमाण्ड गर्छन् भनेर ।

त्यसपछि उनीहरुले हामीलाई डिलर हटाउने, सम्झौता भंग गर्ने भनेर धम्की दिन थाले । तर, डिलर हटाउने प्रकृया अझै सुरु गरेका छैनन् ।

डिलर यसै त हट्दैन । हामीसँग झण्डै १० महिनाको स्टक छ, पाटपूर्जाको स्टक छ, सर्भिस सेन्टरहरु छन, झण्डै ५ लाख ग्राहक छन्, लाखौं ग्राहकको फाइनान्सिङ पनि हामीसँगै छ । यस्तो अवस्था यी सबै कुराको मूल्याङ्कन गरी लेनदेन हुनुपर्ने हो । त्यसो नहुँदा हिरो मोटरसाइकल चढिरहेका लाखौं ग्राहकमाथि अन्याय हुन्छ ।

हामीले त दीर्घकालीन साझेदारीको अवधारणामा हिरो मोटरसाइकल उत्पादन गर्ने भनेरै अर्बौं रुपैयाँ लगाएर एसम्बलिङ प्लान्ट लगाएको हो, देशैभर ठूलो लगानी गरेर सेल्स नेटवर्क बनाएका छौं । हिरो मोटो कर्पको व्यवस्थापनले यी सबै कुरा वेवास्ता गरेर धोखाधडी खेल्यो ।

हिरो मोटोकर्पको प्रर्बद्धक मुञ्जल परिवारसँग हाम्रो दशकौं लामो सम्बन्ध हो, हामी निकै पुरानो साझेदार हौं । यो कुरालाई ख्याल गरेर पनि हिरोको व्यवस्थापनले सुझबुझपूर्ण निर्णय गर्नुपर्ने हो । तर, कर्मचारीवृत्तले त्यसरी सोचेन, उनीहरुले धोखापूर्ण व्यवहार गरे । अझै पनि मुञ्जलले कर्मचारीवृत्तको यस्तो व्यवहारलाई सच्चाउनेछन् भन्ने मेरो विश्वास छ ।

तर, हिरोले एकतर्फी निर्णय लियो भने हामी चुप लागेर बस्दैनौं, हामीले कानुनी उपचार खोज्छौं । यदि हिरोले नेपालमा आफ्नो ब्राण्ड र बिजनेसको निरन्तरता चाहेको हो भने एकपर्फी निर्णय गरेर सम्भव छैन ।

हामीसँगको कानुनी समस्या समाधान नगरी उसले अरु कसैसँग सहकार्य गर्न सम्भव छैन । हामी चाहन्छौं हिरोको व्यवस्थापनले नेपालमा रहेका आफ्ना ग्राहक र ब्राण्डको हित हेरोस् ।

-डा. रुप ज्योती, अध्यक्ष ज्योती ग्रुप

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्