माछापोखरीमा हात उठाएर बाटो काट्दै सर्वसाधारण (तस्वीरहरु )

माछापोखरीमा हात उठाएर बाटो काट्दै सर्वसाधारण (तस्वीरहरु )

[ad_1]

१ फागुन, काठमाडौं । यातायात मजदुरको आन्दोलनका कारण सोमबार अपरान्हदेखि काठमाडौंको गोंगबु बसपार्क र माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ ।

गाडी चलाउने क्रममा नियम मिच्दा ट्राफिक प्रहरीले लिने जरिवाना अत्यधिक भएको भन्दै यातायात मजदुरहरुले बसपार्क र माछापोखरी क्षेत्रमा सडकमै गाडी तेर्स्याएर यातायात अवरुद्ध पारेका छन् । उनीहरुले नाराबाजी र ढुंगामुढा पनि गरेका छन् र प्रहरीसँग झडप पनि भइरहेको छ ।

आन्दोलनकारीले प्रहरीका दुई वटा गाडी जलाइदिए भने माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट पनि भत्काइ दिएका छन् ।

अध्याँरो भइसक्दा पनि आन्दोलन नरोकिँदा सर्वसाधारण समस्यामा परेका छन् । कार्यालय र कामबाट फर्किनेहरुले गाडी पाएका छैनन् भने माछापोखरी क्षेत्रमा पैदल हिँड्न पनि डरमर्दो छ । प्रदर्शन अन्त्य भएपछि सजिलै घर फर्किने भनेर पर्खिरहेकाहरु अध्याँरो हुन थालेपछि भने हात उठाउँदै तनावग्रस्त क्षेत्रमा पैदल हिँडिरहेका छन् ।

हात उठाएमा प्रहरी र आन्दोलनकारी दुबै पक्षले सर्वसाधारण हो भन्ने चिनेर आक्रमणमा नपर्ने ठानेर सर्वसाधारणको ठूलो संख्या हात उठाएर हिँडिरहेका छन् ।

हेर्नुहोस् तस्वीरहरु :

माछापोखरीमा हात उठाएर बाटो काट्दै सर्वसाधारण (तस्वीरहरु )

   

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्