लिग टू शृंखलाका लागि नेपालको तयारी (तस्वीरहरू) – Online Khabar

लिग टू शृंखलाका लागि नेपालको तयारी (तस्वीरहरू) – Online Khabar

[ad_1]

२९ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत मंगलबारदेखि त्रिवि मैदानमा सुरु हुने त्रिकोणात्मक शृंखलाका लागि नेपाली टिमले आफ्नो तयारीलाई अन्तिम रुप दिएको छ ।

शृंखलाका लागि नामिविया र स्कटल्याण्ड टिम पनि नेपाल आइसकेका छन् र त्रिवि मैदानमा तीनै टिमले फरक फरक समयमा अभ्यास गरिरहेका छन् ।

नेपाल टिमले आइतबार अन्तिम प्रशिक्षण सत्र सम्पन्न गरेको छ । नवनियुक्त प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा नेपाल टिम दुई सातादेखि प्रशिक्षणरत छ ।

नाबालिग बलात्कारको मुद्दा खेपिरहेका सन्दीप लामिछानेसमेतलाई समेटेर देशाईँले बिहीबार साँझ १४ सदस्यीय टिम घोषणा गरिसकेका छन् ।

सात टोली सम्मिलित लिग टू शृंखलामा नेपालले १२ खेल खेल्न बाँकी छ । सन् २०१९ देखि सुरु भएको यो शृंखलामा एउटा टिमले ३६ खेल खेल्नुपर्नेछ । अहिलेसम्म खेलेका २४ खेलमा १८ अंकसहित छैटौं स्थानमा रहेको नेपालका लागि आगामी सबै खेलहरु महत्वपूर्ण छन् ।

नेपालले मंगलबारदेखि ३२ दिनको अन्तरमा तीन त्रिकोणात्मक शृंखलामा १२ खेल खेल्नेछ । फागुन २ देखि ९ सम्म त्रिवि मैदानमा नेपाल, स्कटल्याण्ड र नामिवियाबीच शृंखला हुँदैछ ।

लिग टू शृंखलाका लागि नेपालको तयारी (तस्वीरहरू) – Online Khabar

फागुन १५ देखि २२ गतेसम्म नेपाल, यूएई र पपुवा न्युगिनी (पीएनजी)बीच अर्को त्रिकोणात्मक शृंखला हुनेछ । यो शृंखला यूएईमै हुनेछ । यी तीन टिमले त्रिवि मैदानमा अर्को शृंखला खेल्दैछन् ।

यो शृंखला फागुन २५ देखि चैत २ गतेसम्म हुनेछ । यी तीन शृंखलामा खेलिने १२ खेल नेपालका लागि आसन्न एकदिवशीय विश्वकपको ग्लोवल क्वालिफायर र एकदिवशीय मान्यता जोगाउन निर्णायक हुनेछ ।

नेपाली टिम

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुल्शन झा, भीम सार्की, सूर्य तामाङ ।

  

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्