डाक्टर कुटपिट गर्नेलाई कारबाही गर्न जनकपुर चिकित्सक संघको माग 

डाक्टर कुटपिट गर्नेलाई कारबाही गर्न जनकपुर चिकित्सक संघको माग 

[ad_1]

डाक्टर कुटपिट गर्नेलाई कारबाही गर्न जनकपुर चिकित्सक संघको माग 

कुटपिटमा परेका चिकित्सक जनिथलाल सिंह ।

२८ माघ, जनकपुरधाम । चिकित्सकमाथि कुटपिट घटनाको नेपाल चिकित्सक संघ जनकपुर शाखा भर्त्सना गरेको छ । चिकित्सक संघ जनकपुर शाखा अध्यक्ष डा. रामजी यादव एक विज्ञप्ति जारी गर्दै दोषी उपर कारबाहीको माग गरेको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा  राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत बरिस्ठ अर्थोपेडिक सर्जन डा. जनियलाल सिंह माथि प्रहरीले कुटपिट गर्दै धरपकड गरेको थियो ।

सो घटनाको छानबिन गरी तत्कालै दोषी सुरक्षाकर्मी माथि कानुनी कारबाही गर्न र पिडित चिकित्सकको उचित उपचार तथा क्षतिपूर्तिको व्यवस्था चिकित्सक संघ जनकपुरले माग गरेको हो ।

चिकित्सकले शल्यक्रिया सम्पन्न गरी घर जाने क्रममा आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै पनि प्रहरीद्वारा सांघातिक आक्रमण हुनु अत्यन्तै दुःखद र अशोभनीय भएको संघले बताएको छ ।

उसको विज्ञप्तिमा भनिएको छ ‘सो घटनामा उचित छानबिन गरी दोषी उपर कारबाही नभएमा हुने बिरोधका कार्यक्रममा पूर्ण रुपमा सहभागी हुन सम्पूर्ण चिकित्सकहरुमा नेपाल चिकित्सक संघ जनकपुर शाखा अपिल गर्दछ ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्