पहिलो गभर्नर हिमालय शमशेरलाई राष्ट्र बैंकले यसरी सम्झियो (तस्वीरहरु)

पहिलो गभर्नर हिमालय शमशेरलाई राष्ट्र बैंकले यसरी सम्झियो (तस्वीरहरु)

[ad_1]

२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको आइतबार ९५ वर्षको उमेरमा निधन भएको छ । उनी नेपाली नोटमा हस्ताक्षर गर्ने पहिलो गभर्नर हुन् । नेपाल राष्ट्र बैंक परिसर बालुवाटारमा उनको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । सो अवसरमा उनको तस्वीरमा गभर्नर महाप्रसाद अधिकारीले माल्यार्पण गरे ।

हिमालय शमशेर विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए । उनको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए । राजा महेन्द्रले राष्ट्र बैकको स्थापना गरेर गभर्नरको नियुक्ति दिँदा उनको उमेर मात्र २९ वर्ष थियो । उनी हिमालयन बैंकको संस्थापक पनि हुन् ।

नेपाल राष्ट्र बैंकले उनको निधनबाट राष्ट्र बैंकले एक अभिभावक, देशले एक कुशल अर्थविद् तथा नेपालको क्षेत्रले एक अग्रणी मार्गदशक गुमाएको उल्लेख गरेको छ । नेपालको वित्तीय क्षेत्रको दायरा विस्तार तथा व्यापक बनाउन र औद्योगिक विस्तार कार्यमा समेत उनको महत्वपूर्ण योगदान रहेको समेत राष्ट्र बैंकले जनाएको छ ।

पहिलो गभर्नर हिमालय शमशेरलाई राष्ट्र बैंकले यसरी सम्झियो (तस्वीरहरु)

तस्वीरहरु : नेपाल राष्ट्र बैंकको सामाजिक सञ्जालबाट

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्