बलात्कारका आरोपीलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा #BycottCAN

बलात्कारका आरोपीलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा #BycottCAN

[ad_1]

बलात्कारका आरोपीलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा #BycottCAN

अदालतको आदेशमा धरौटीमा रिहा भएपछि सन्दिप लामिछाने । फाइल तस्वीर

२० माघ, काठमाडौं । बलात्कारका आरोपीलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै समाजिक सञ्जालमा नेपाल क्रिकेट संघ क्यानको विरोध सुरु भएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले #BycottCAN  अभियान चलाएका छन् । उनीहरुले भोलि शनिबार दिउँसो १ बजे माइतीघरमा भेला भएर क्यानको विरोधमा प्रदर्शन गर्न आह्वान पनि गरेका छन् ।

बसन्त गौतमले #BycottCAN भन्दै ट्वीट गरेका छन्, ‘फौजदारी अभियोग लागेको एउटा व्यक्तिलाई त्यसको अन्तिम फैसला आउनुअघि नै लोकप्रिय खेलमार्फत देशको प्रतिनिधित्व गर्ने ठाउँमा पुर्‍याएर क्यानले नेपाली क्रिकेट क्षेत्रमा नैतिकता र सार्वजनिक मर्यादा जस्ता विषयले महत्व राख्दैनन् भन्ने जनाउ दिएको छ ।’

तुल्सीराम भुषालले क्यानले बलात्कार जस्तो जघन्य अपराधमा आरोपितलाई राष्ट्रको प्रतिनिधित्व गराउन खोजेको भन्दै प्रधानमन्त्रीलाई मेन्सन गरेर लेखेका छन्, ‘क्रिकेटका मुलिहरु त नाङ्गै हिँडे @PM_nepal_ सरकार कता छ ?’

माइतीघरमा भेला हुन आग्रह गर्दै हिमाले ट्वीट गरेकी छिन्, ‘भोलि शनिबार १ बजे माइतीघर मण्डला, नागरिक मौन बस्दैन ! सरकार, प्रतिपक्षि नभएको सरकार र क्यान #BoyCottCAN’

ट्वीटरमा सोमेशले बन्द प्रशिक्षणमा सन्दिपसँगै रहेका अरु १९ जना खेलाडीलाई प्रश्न गर्दै लेखेका छन्,’नेपाली क्रिकेट टिममा परेका १९ जना खेलाडीलाई प्रश्न: तपाँईहरुलाई अन्य देशसँग खेल्दा हामीले किन समर्थन गर्ने ? (कि त तपाँईहरु बलात्कार आरोप को पक्षमा हुनुपर्छ कि विरोधमा… बीचको बाटोको सुविधा छैन यो मुद्दामा !)’

बलात्कारका आरोपीसँग खेल्न सक्दैनौँ भन्ने खेलाडी कोही रहेनछन् भन्दै आदित्यले ट्वीट गरेका छन्, ‘नेपाली क्रिकेट टोली र क्यान बहिष्कार गरौँ।  एउटा बलात्कार आरोपितलाई टिममा राख्ने कुराको विरोध गर्न नसक्नेहरुले जताबाट जे जितेर ल्याए नि काम छैन ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्