पहिचानका लागि टाँगियाका बासिन्दालाई निस्सा दिएँ, के अपराध गरें ? : मन्त्री साह

पहिचानका लागि टाँगियाका बासिन्दालाई निस्सा दिएँ, के अपराध गरें ? : मन्त्री साह

[ad_1]

१९ माघ, वीरगञ्ज । कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले टाँगिया बस्तीका बासिन्दालाई निस्सा वितरण गरेर आफूले कुनै अपराध नगरेको बताएकी छन् ।

मातहतका सरकारी कार्यालयको स्थलगत अवलोकनका क्रममा वीरगञ्ज आइपुगेकी साहलाई अनलाइनखबरले टाँगियाबस्तीमा विमानस्थल बनाउने कि बस्ती बसाउने ? भन्ने प्रश्न गरेको थियो । उनले यो विषयलाई केही व्यक्तिहरुले इस्यु बनाउन खोजेको गुनासो गरिन् ।

उनले भनिन्, ‘बस्ती पनि हुन्छ, अन्तर्राष्ट्रिय विमानस्थल पनि । अन्तर्राष्ट्रिय विमानस्थल भएपछि एउटा व्यवस्थापन गर्नुपर्छ । चिनारी, परिचयको लागि परिचय पत्र दिनुपर्यो नि । टाँगियाबस्तीमा बस्याछ तर पहिचान छैन । पहिचान कार्डका लागि वितरण गर्दा पनि ठूलो इस्यु केही मान्छेले बनाउन खोज्दैछन् । त्यो राम्रो होइन ।’

विज्ञ समितिले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्ने प्रतिवेदन दिंदा टाँगिया बस्तीमा धावनमार्ग बनाउन सिफारिस गरेको छ । तर सरकारकै मन्त्री साहले तीन सय सुकुम्बासी परिवारलाई टाँगिया बस्तीको जमिन वितरण गर्ने गरी निस्सा वितरण गरेकाले टाँगियाबस्तीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा विस्थापित हुने बाराको टाँगिया बस्तीमा सरकार नै लालपुर्जा वितरणको अभियानमा लागेको भनेर आलोचना भइरहेको छ ।

निस्सा वितरण गर्दा टाँगियावासीलाई ६ महिना भित्र लालपुर्जा दिने आश्वासन दिएकी मन्त्री साहले अहिले परिचय पत्र मात्रै दिएको बताइन् । यसबाट आफूले कुनै अपराध नगरेको उनको भनाइ छ ।

‘आज निस्सा वितरण गर्दाखेरि कैयौं मान्छेले त्यहाँ बस्ती बसाल्ने कि, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ? भनेका छन् । मानिसहरु भनिरहेका छन्, हामीलाई रोजगार देऊ, हामीलाई व्यवस्था गरिदेऊ तर अहिले तत्काल निस्सा त देऊ, निस्सा हामीले वितरण गर्दा के बिग्रियो र ? के अपराध गरें ?’

बुधबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी, कृषि सामग्री कम्पनीको वीरगञ्जस्थित प्रदेशिक कार्यालय लगायत मातहतका कार्यालयले गरिरहेको काम, विद्यमान समस्या, चुनौती र संभावनाहरुको बारेमा उनले बुझेकी छन् । उनले वैशाख, जेठमा रासायनिक मल अभाव हुन नदिन कृषि मन्त्रालयले आवश्यक कदम चाल्ने पनि बताइन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्