सेभेन थ्रीले बक्यौता नपठाए क्यानले कानूनी कारबाही सुरु गर्ने

सेभेन थ्रीले बक्यौता नपठाए क्यानले कानूनी कारबाही सुरु गर्ने

[ad_1]

सेभेन थ्रीले बक्यौता नपठाए क्यानले कानूनी कारबाही सुरु गर्ने

फाइल तस्वीर ।

१८ माघ, काठमाडौं । नेपाल टी–२० लिगका लागि व्यापारिक र रणनीतिक साझेदारी सम्झौता एकतर्फी रद्ध गर्ने विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसविरुद्ध नेपाल क्रिकेट संघ (क्यान)ले कानूनी प्रक्रिया सुरु गर्ने योजना बनाएको छ ।

मंगलबार क्यान र राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई चिठ्ठी पठाएर सेभेन थ्रीले सम्झौता रद्ध गरेको जनाएको थियो । ‘हामीलाई मुद्धा हाल्छु भनेर धम्क्याउने प्रयास गरेको छ । क्यानलाई बाँकी रकम नदिनका लागि उसले यो नौटंकी गरेको हो,’ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहले अनलाइनखबरसँग भने ।

क्यानले सेभेन थ्रीसँग नेपाल टी–२० को ८ संस्करणका लागि सम्झौता गरेको छ । त्यसअनुसार क्यानले ३३ करोड रुपैयाँ पाउनेछ । पहिलो संस्करणबापतको ३ करोड ९० लाखमध्ये अहिलेसम्म २ करोड २० लाख रुपैयाँ जम्मा गरेको छ ।

त्यसबाहेक सेभेन थ्रीसँग सम्झौता गरेका फ्रेन्चाइज टिमहरुमध्ये अधिकांशले अहिलेसम्म खेलाडीलाई पूरा पारिश्रमिक दिएका छैनन् ।

प्लेयर अफ द म्याचसहित प्रतियोगिताको पुरस्कार रकम पनि सेभेन थ्रीले नै दिनुपर्ने सम्झौता छ । प्रतियोगिताको कुल पुरस्कार राशी १ करोड २५ लाख रुपैयाँ हो ।

‘लाइसेन्स फीबापतको बाँकी रकम, खेलाडीको पारिश्रमिक र पुरस्कार रकम जुनसुकै अवस्थामा पनि असुल हुन्छ,’ कोषाध्यक्ष सिंहले भने, ‘खेलाडीको पारिश्रमिक फ्रेन्चाइज टिमले दिने भनेर सम्झौतामै छ । यदि खेलाडीले पैसा पाएनन् भने उनीहरुका लागि क्यान अग्रसर हुन्छ ।’

मंगलबार सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियाले टेलिफोन सम्पर्क गरी छलफल गर्न समय मागे पनि आफूले क्रिकेट संघले पाउनुपर्ने सबै रकम पाएपछि मात्र कुराकानी गर्ने जवाफ दिएको सिंहले जानकारी दिए ।

सिंहले सेभेन थ्रीसँगको बक्यौता रकम उठाउन कानूनी प्रक्रियामा जानुपर्ने अवस्था हुन लागेको संकेत गरेका छन् । ‘यो सम्झौता क्यानको साधारणसभाबाट पारित भएका कारण यसलाई के गर्ने भनेर आगामी साधारणसभामा लैजाने निर्णय बोर्ड बैठकले गरेको छ,’ सिंहले भने ।

क्यानको साधारणसभा १४–१५ फागुनमा सुर्खेतमा हुनेछ । प्रतियोगिताको मुख्य साझेदार कम्पनी नै लाइभ बेटिङ र स्पट फिक्सिङमा संग्लग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सार्वजनिक गरिसकेको छ । सेभेन थ्रीका मालिक जतिन र सीईओ अभिशेक सक्लानी प्रहरीको फरार सूचीमा छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्