भुवन केसीसँग व्यापारिक साझेदारी छैन – Online Khabar

भुवन केसीसँग व्यापारिक साझेदारी छैन – Online Khabar

[ad_1]

भुवन केसीसँग व्यापारिक साझेदारी छैन – Online Khabar

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी । फाइल तस्वीर

काठमाडौं । चलचित्र विकास बोर्डले यूएईको दुबईमा गर्न लागेको फिल्म महोत्सवलाई लिएर भइरहेका पछिल्ला विवादबारे व्यवस्थापक सूर्य कर्पोरेसनले प्रष्टीकरण दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै संस्थाले आफू एजुकेसनल कन्सलटेन्सी नभएर टुर एण्ड ट्राभल एजेन्ट मात्र भएको बताएको छ ।

टुर एण्ड ट्राभल एजेन्टको रुपमा पहिलेदेखि नै टुर प्याकेज र इभेन्ट सञ्चालन गर्दै आएको तर वैदेशिक रोजगार विभागले एजुकेसनल कन्सलटेन्सी ठानेर अनुगमन गरेको उल्लेख छ । अनुगनमा प्राप्त भएका राहदानी र कागजपत्र अवैधानिक नरहेको अनुसन्धानको क्रममा पत्ता लागेको र चार दिनमै फिर्ता गरेको समेत उल्लेख छ ।

विभागको चलानी नम्बर ७७५ को २०७९/०९/०१ गतेको पत्रमार्फत कागजपत्र र राहदानी फिर्ता भएको भएको विज्ञप्तिमा जनाइएको छ । कोरोना महामारीका कारण पहिले नै निर्धारित टुर प्याकेजका कार्यक्रम केही थाँती रहेको भन्दै कर्पोरेसनले ती समस्या समाधान हुने जनाएको छ ।

बोर्ड अध्यक्ष भुवन केसीसँग कुनै व्यापारिक साझेदार नभएको समेत कर्पोरेसनको विज्ञप्तिमा उल्लेख छ । विभिन्न देशमा फिल्म वितरणको काम पनि निरन्तर भइरहेको उसले जनाएको छ । कर्पोरेसनले बोर्डले आयोजना गर्न लागेको फेस्टिभललाई व्यवस्थापन गर्न लागेको पनि उल्लेख छ । बोर्ड आफैंले कार्यक्रमका लागि ३० लाख रुपैयाँ खर्च गर्न लागेको समेत विज्ञप्तिमा उल्लेख छ ।

फेस्टिभलबाहेकका अन्य कार्यक्रमको व्यवस्थापन कर्पोरेसनले आफ्नै खर्चमा समेत गर्ने जनाइएको छ । कार्यक्रमको अवधिमा ऐना झ्यालको पुतली र कबड्डी ४ प्रदर्शन गर्ने योजना रहेको छ । यूएईमा दर्ता, सेन्सर र सबटाइटल समेत गरिएको अर्को फिल्म महापुरुषको दुबई राइट लिएका रमेश ढकालको सुझावमा मात्र त्यसलाई स्क्रिनिङ गर्ने योजना बनाइएको पनि प्रष्टीकरण विज्ञप्तिमा दिइएको छ । तर महापुरुषका निर्माताले चाहिं फेस्टिभलमा सहभागी नहुने बताइसकेका छन् ।

विवादपछि फेस्टिभलको तालिकाबाट महापुरुषलाई हटाइएको समेत जनाइएको छ । फेस्टिभलमा नेपालबाट पाँच दर्जन व्यक्तिलाई लैजाने तय भएको समेत सूर्य कर्पोरेसनले जनाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्