यसरी गरियो शहीदहरूको सम्झना (तस्वीरसहित) – Online Khabar

यसरी गरियो शहीदहरूको सम्झना (तस्वीरसहित) – Online Khabar

[ad_1]

१६ माघ, काठमाडौं । आज माघ १६ गते शहीद दिवस मनाइएको छ । प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।

लैनचौरस्थित शहीद स्मृति पार्कमा  सोमबार श्रद्धाञ्जली सभा गरेर शहीदको सम्झना गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै काठमाडौं महानगरका मेयर बालेन साहले शहीदको फोटोमा माल्यार्पण गरेका थिए ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।

विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

यसरी गरियो शहीदहरूको सम्झना (तस्वीरसहित) – Online Khabar

      

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्