‘एक्स नाइन’ फिल्ममा प्रदीप खड्कालाई प्रस्ताव, साइन गर्नुअघि राखे सर्त

‘एक्स नाइन’ फिल्ममा प्रदीप खड्कालाई प्रस्ताव, साइन गर्नुअघि राखे सर्त

[ad_1]

‘एक्स नाइन’ फिल्ममा प्रदीप खड्कालाई प्रस्ताव, साइन गर्नुअघि राखे सर्त

अभिनेता प्रदीप खड्का । फाइल तस्वीर

काठमाडौं । समयमै फिल्म छायांकन सुरु नभएको भन्दै अनमोल केसी फिल्म ‘एक्स नाइन’बाट बाहिरिए । उनले लिएको पेश्की रकम पनि निर्मातालाई फिर्ता गरे । अनमोलले नै छाडेपछि फिल्मको भविष्य अन्योलमा परेको अनुमान भइरहँदा निर्माताले अभिनेता प्रदीप खड्कालाई प्रस्ताव गरेका छन् ।

निकट स्रोतका अनुसार अनमोलले छाडेको भोलिपल्टै निर्माताले प्रदीपलाई उक्त रोलमा प्रस्ताव गरेका थिए । तर यो फिल्म खेल्न प्रदीपले एउटा सर्त राखेका छन् । त्यो हो, यसअघि घोषणा भएअनुसार बलिउड अभिनेता सुनिल सेट्टी पनि फिल्ममा हुनुपर्ने । यदि सुनिल पनि फिल्ममा भए प्रदीपले फिल्म ‘एक्स नाइन’ गर्ने ग्रीन सिग्नल दिएका छन् ।

सुनिललाई पनि फिल्ममा लिनुपर्ने प्रदीपको सर्तपछि अब निर्माताले परिस्थितिलाई कसरी अघि बढाउँछन्, यो कुरा रोचक हुन सक्छन् । एक्स–नाइनमा यसअघि नै सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल, नीति शाह लगायत पनि अनुबन्धित भइसकेका छन् । गोल्डेन हिल्स पिक्चरको ब्यानरमा बन्न लागेको फिल्मलाई मुकुन्द भट्टले निर्देशन गर्ने तयारी छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्