महानगरका कार्यशैलीप्रति प्रश्न उठ्न थालेपछि असंयमित बन्दै मेयर बालेन साह

महानगरका कार्यशैलीप्रति प्रश्न उठ्न थालेपछि असंयमित बन्दै मेयर बालेन साह

[ad_1]

६ माघ, काठमाडौं । महानगरपालिकाका कार्यशैलीमाथि प्रश्न उठ्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह असंयमित हुन थालेका छन् ।

महानगरपालिकाभित्र व्यवस्थापनविनै जथाभाबी डोजर चलाएको विषयमा प्रश्न गर्नेहरूलाई मेयर बालेनले अमर्यादित जवाफ दिंदै प्रतिप्रश्न गर्न थालेका छन् ।

शुक्रबार राति मात्रै ‘कमेडी क्लब विथ च्याम्पियन’का निर्देशक विशाल भण्डारीले भत्काउनबाहेक बनाएको देखिएन भन्ने प्रश्न गर्दा मेयर साहले गैरजेम्मेवारीपूर्ण जवाफ दिएका छन् ।

मेयर बालेनले निर्देशक भण्डारीको व्यवसायमाथि उल्टो प्रश्न गर्दै कमेन्टमा लेखेका छन् , ‘तिम्रो शो पैसाको भोटले जितिन्छ । तिमी पैसा कमाउन आएको हौ । तिम्रो अस्तित्व पैसाबाहेक केही छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन ।’

महानगरका कार्यशैलीप्रति प्रश्न उठ्न थालेपछि असंयमित बन्दै मेयर बालेन साह
विशाल भण्डारीले सेयर गरेका प्रश्न र बालेन साहको जवाफ ।

मेयर बालेनको यो जवाफमाथि सामाजिक सञ्जाल फेसबुकमा लामै बहस भएको छ । त्यसपछि निर्देशक भण्डारीले अर्को स्टाटस लेखेर आफ्नो प्रश्न दोहोर्‍याएका छन् – मैले प्रश्न सोधेको हो । भत्काउनुबाहेक के बनाउनुभयो ?

पहिलो प्रश्नको उत्तर नपाएपछि दोस्रो स्टाटसमा भण्डारीले मेयर बालेनलाई श्री ८ को संज्ञा दिएका छन् ।

दोस्रो प्रश्नमा मेयर बालेन साहले थप आक्रामक हुँदै कमेन्ट गरेका छन् । निर्देशक भण्डारीलाई भाइ सम्बोधन गर्दै मेयर साहले प्रश्न सोध्न पाइने तर दारु खाएर रातिराति दु:ख दिन नपाइने बताएका छन् ।

मेयर साहले भण्डारीलाई प्रतिप्रश्न गर्दै लेखेका छन्, ‘प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिराखेको मान्छेलाई दारु खाएर रातिराति दु:ख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ? ‘

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्