नास्टले माघ १० गते राष्ट्रिय नवप्रवर्तन सम्मेलन गर्ने

नास्टले माघ १० गते राष्ट्रिय नवप्रवर्तन सम्मेलन गर्ने

[ad_1]

६ माघ, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले  पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना गर्ने भएको छ ।

नास्टले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घ १० गते सम्मेलन गर्ने जानकारी दिएको हो ।

सम्मेलनमा विज्ञान, प्रविधि र नवप्रवर्तन नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सूचकाङ्क जस्ता विषयमा छलफल हुनेछ । कार्यक्रमले प्राज्ञिक क्षेत्र सरकार र सेवा क्षेत्रमा क्रियाशील अभ्यासकर्तालाई एक ठाउँमा ल्याउने विश्वास प्रतिष्ठानले गरेको छ।

देशमा अनुसन्धानलाई बढवा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, नवप्रवर्तनका प्रतिभाहरुलाई एक ठाउँमा ल्याउन र उनीहरुको भूमिका विस्तार गर्न र विश्व नवप्रवर्तन सूचकाङ्कमा नेपालको स्थान सुधार गर्ने बाटो पहिल्याउन सम्मेलन आवश्यक रहेको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राविधिक अधिकृत डा. ईश्वर बज्राचार्यले बताए।

उनले सम्मेलनमा नवप्रवर्तनको क्षेत्रमा क्रियाशील प्रतिभा दर्शनका साथै नवप्रवर्तक र लगानीकर्ताहरुलाई प्रोत्साहन गरिने बताए । उनले प्रदर्शनका क्रममा प्यानल छलफल, विज्ञ प्रस्तुती र प्रदर्शनीहरु रहने र सात प्रदेशबाट नै सहभागी हुने बताए।

त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका विषय प्राविधिक डा. रविन्द्रप्रसाद ढकालले यस्ता सम्मेलनले नवप्रवतकहरुलाई आफ्नो काममा सुधार गर्नका लागि सहयोग पुग्ने विश्वास लिएको बताए ।

नास्टले माघ १० गते राष्ट्रिय नवप्रवर्तन सम्मेलन गर्ने

उनले अनलाइनखबरसँग भने, ‘नास्टले पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन गरेका छौं, जसमा विज्ञान, प्रविधि र नवप्रवर्तन नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सूचकाङ्कलगायतका विषयमा बहस र छलफल हुनेछ ।’

उनका अनुसार भारत र सिंगारपुरबाट प्रमुख वक्ता रहनेछन् भने एसियाका लगानीकर्ताको उपस्थित रहनेछ । यस्तै सातवटै प्रदेशबाट आविष्कारक तथा प्रदेशका सामाजिक मन्त्रालयका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहने उनको भनाइ छ ।

उनले यस किसिमका सम्मेलनले नेपाललाई कस्ता फाइदाहरु हुन्छन् भन्नेकुराको पनि ध्यान दिनुपर्ने आवश्यक्रा रहको बताए । उनले सम्मेलनले अनुसन्धानलाई बढावा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, नवप्रवर्तनका प्रतिभाहरुलाई एक ठाउँमा ल्याउन र उनीहरुको भूमिका बिस्तार गर्नलाई सहयोग गर्ने बताए ।

सम्मेलनले सरकार, उद्योग र शैक्षिक क्षेत्रलाई एक ठाउँमा ल्याउने उद्देश्य राखेको आयोजकले बताएको छ ।

देशमा विज्ञान तथा प्रविधि क्षेत्रको विकासलाई सही दिशा प्रदान गर्ने उद्देश्यले सुरू गर्ने सम्मेलनमा सबै प्रदेशबाट २० वटा नवप्रवर्तनको प्रदर्शनी रहने आयोजकले जनाएको छ । सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्नेछन्।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्