कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक गम्भीर घाइते

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक गम्भीर घाइते

[ad_1]

कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक गम्भीर घाइते

फाइल तस्वीर

६ माघ, धनगढी। कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका-१२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुर पुनर्वासका ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अत्तरियाका अनुसार चौधरीको ट्रयाक्टरको इन्जिनमा च्यापिएर मृत्यु भएको हो ।

उनी सहचालक हुन् । दुर्घटनामा ट्रयाक्टर चालक पुनर्वास नगरपालिका-१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका छन् ।

उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरमा गम्भीर चोट लागेको छ ।

गोदावरीबाट ढुङ्गा ल्याउन जादै गरेको अवस्थामा अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्