हेल्प नेपालले तेस्रोपल्ट जित्यो एनभीए क्लब च्याम्पियनसिप

हेल्प नेपालले तेस्रोपल्ट जित्यो एनभीए क्लब च्याम्पियनसिप

[ad_1]

१ माघ, काठमाडौं । सातौं संस्करणको एनभीए पुरुष तथा महिला क्लब च्याम्पियनसिप भलिबलको पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि जितेको छ । हेल्प नेपालले क्लब च्याम्पियनसिपको उपाधि जितेको यो तेस्रोपल्ट हो ।

आइतबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले उपाधि जितेको हो । यसअघि छैटौं संस्करणको प्रतियोगितामा आर्मीसँग पराजित हुँदै उपविजेता बनेको हेल्पनेपालले यसअर्थमा बदलासमेत लिएको छ ।

पाकिस्तानका दुई खेलाडी समेटेको हेल्प नेपाल र राष्ट्रिय टिमका अधिकांश खेलाडीले भरिएको आर्मीबीचको खेल एकपक्षीय हुने अनुमान कमैले गरेका थिए । यी दुवै टिम अपराजित रहँदै फाइनलमा पुगेका थिए ।

हेल्प नेपालले २५–२१, २६–२४ र २५–२३ ले आफ्नो पक्षमा पारेको हो । हेल्प नेपालले यसअघि २०७३ र २०७६ को संस्करणमा पनि उपाधि जितेको थियो । प्रभावशाली विदेशी खेलाडीको सहकार्यमा हेल्प नेपाल पछिल्लो ६ वर्षदेखि सधै उपाधि दावेदार रहँदै आएको छ ।

हेल्प नेपालले तेस्रोपल्ट जित्यो एनभीए क्लब च्याम्पियनसिप

क्लब च्याम्पियनसिपमा पुरुषतर्फ १५ टिमको सहभागिता थियो । आइतबारै तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

उपाधिसँगै हेल्प नेपालले ४ लाख रुपैयाँ पुरस्कार पाएको छ । आर्मीले २ लाख र तेस्रो भएको एपीएफले १ लाख रुपैयाँ पुरस्कार पायो ।

यसअधि आइतबार नै भएको महिलातर्फको फाइनलमा न्यु डायमण्डलाई ३–२ को सेटमा हराएर नेपाल पुलिसले उपाधि जितेको छ । पुलिसले एक दशकपछि क्लब च्याम्पियनसिपको उपाधि जितेको हो । महिलातर्फ आर्मीलाई हराएर एपीएफ तेस्रो भएको हो ।

क्लब च्याम्पियनसिपका शीर्ष टिमबीच भलिबल संघले राष्ट्रिय क्लब लिग खेलाउनेछ । पुरुषतर्फ ८ वटा र महिलातर्फ ६ वटा टिमले राष्ट्रिय क्लब लिग खेल्नेछन् ।

सातौं एनभीए क्लब च्याम्पियनसिपका शीर्ष तीन टिम

पुरुषतर्फ
विजेताः हेल्प नेपाल
उपविजेताः त्रिभुवन आर्मी
तेस्रोः एपीएफ

महिलातर्फ
विजेताः नेपाल पुलिस
उपविजेताः न्यु डायमण्ड
तेस्रोः एपीएफ

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्