[ad_1]
१ माघ, काठमाडौं । काठमाडौंको टुंडिखेलमा थारू समुदायले धुमधामसँग राष्ट्रिय माघी महोत्सव मनाएका छन्।
काठमाडौंको टुँडिखेलमा थाकसको अगुवाइमा ३ वर्षपछि हर्षोल्लासका साथ माघी महोत्सव मनाएका हुन् ।
महोत्सवको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भनिए पनि प्राविधिक कारणवस उपस्थित हुन नसकेको थाकसका सदस्य सचिव कानुन लाल चौधरीले बताए ।
महोत्सवको उद्घान अगाडि थारू संस्कृति, भेष भूषा, बाजा गाजा, संघ संस्थाको तूल ब्यानरसहित वसन्तपुरबाट झाँकी र्याली निकालिएको छ । झाकी र्याली वसन्तपुरबाट सुरू भएर रत्नपार्क, भृकुडीमण्डपसहित मूल समारोहमा सरिक भएका छन् ।

महोत्सवमा थारु फुड फस्टिबल, थारुहरुको मौलिक पोशाक(लेहेंगा, चोलिया, अंगिया र धोती) विभिन्न परिकार (ढीक्री, अण्डी चामलको भात, तीलको लड्डु, भुजाको डल्ला, घोंघी, बगिया, खिचरी, गंगटा, सुंगुरको मासु, मुसाको अचार, सिंकी, सिध्रा, खुम्रा) गरी करीब १०० वटा स्टल राखिएको छ ।
यसका साथै थारुको बारेमा जानकारी दिन मिडिया सेन्टर राखिनेछ जहाँ थारुको इतिहास झल्किकिने ऐतिहासिक पुस्तक, क्यालेन्डर राखिएको छ।
नेपालका आदिवासी भूमिपुत्र थारू समुदायले मनाउँदै आएको विभिन्न चाडपर्वहरु (शिरुवा/जुरशीतल पावैन, अखारही, गुरीया, रैब/अट्वारी, जितिया, डश्या, सुकराइत/देवारी, अष्टिम्की, समाचकेवा, होरी/फगुई)मध्ये महान एवं राष्ट्रिय पर्व माघी पनि हो ।
माघी पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारू समुदायले स्थान विशेषका आधारमा माघ/माघी/तिला संक्राइत/खिचरा/खिचरी खिचडी आदि नामबाट हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन् ।
पुर्व झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर,सिरहा,धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा बसोबास गर्ने थारू समुदायले तिलासंक्राइत, मध्य चितवनका थारू समुदायले खिचरा, नवलपरासी, रुपन्देहीका थारू समुदायले खिचरी/खिचडी तथा दाङ, बाँके, सुर्खेत,बर्दिया,कैलाली,कन्चनपुरलगायतका हामी थारू समुदाय यसलाई माघ पर्वको रुपमा मनाउने गरेका छन् ।
थारूहरुको मातृसंस्था थारू कल्याणकारिणी सभाले अगुवाइ गरेर काठामाडौंमा वि. सं. २०५९ सालदेखि साँझा रुपमा माघी पर्वलाई महोत्सवको रुपमा धुमधामसँग मनाउन थालेका हुन् ।
हेर्नुहोस् तस्वीरहरु :

[ad_2]
Source link








