दीपक मनाङेले भने : म प्रतिपक्षमै बस्छु

दीपक मनाङेले भने : म प्रतिपक्षमै बस्छु

[ad_1]

२८ पुस, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले आफू प्रतिपक्षमा बस्ने बताएका छन् ।

नेकपा एमालेका नेता खगराज अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दावी पेश गर्दा समर्थन दिएका उनले बिहीबार बेलुका फेसबुकमा भने आफू प्रतिपक्षमा बस्ने लेखेका छन् ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले शुक्रबार विश्वासको मत लिँदैछन् । उनले सरकारलाई विश्वासको मत लिन समस्या नभएकाले  आफू प्रतिपक्षमा बस्ने निर्णय गरेको बताएका छन् ।

उनले फेसबुकमा के लेखेका छन् पढ्नुहोस् :

गण्डकी प्रदेशमा एमालेबाट प्रस्ताविक मुख्यमंत्री माननीय खगराज अधिकारीले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु । एमालेको २२,  माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानु भन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु । धन्यवाद !! दीपक मनाङेले भने : म प्रतिपक्षमै बस्छु

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्