चितवनमा साम्राज्ञी शाह स्टारर ‘तिम्रो मेरो साथ’को प्रिमियर, मल्टिप्लेक्सले खुलाए बुकिङ

चितवनमा साम्राज्ञी शाह स्टारर ‘तिम्रो मेरो साथ’को प्रिमियर, मल्टिप्लेक्सले खुलाए बुकिङ

[ad_1]

काठमाडौं । साम्राज्ञी शाह स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को रेडकार्पेट प्रिमियर चितवनमा गरिएको छ । सिनेप्लेक्स हलमा आयोजित प्रिमियरमा साम्राज्ञीसहित अभिनेता पुष्प खड्का आकर्षणको केन्द्र बने ।  निम्तालु दर्शकको खचाखच उपस्थिति रहेको प्रिमियर समारोहमा साम्राज्ञी स्टाइलिस पहिरनमा उपस्थित थिइन् भने पुष्प रातो कोटमा ह्याण्डसम देखिए ।

अभिनेता सन्दीप क्षेत्री र निर्देशक तथा निर्माता रमेश एमके पौडेल प्रिमियरमा सहभागी थिए । प्रिमियरअघि ‘तिम्रो मेरो साथ’ टिमले नारायणगढमा आयोजित चितवन महोत्सवमा समेत भाग लिएको थियो ।

फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया गरेको निर्देशक पौडेलले जानकारी दिए । टिकट किनेरै प्रिमियरमा फिल्म हेर्न पुगेका स्थानीय संघसंस्थाका प्रतिनिधिले फिल्मलाई प्रशंसा गरेको उनले जनाए । प्रिमियरमा युवादेखि वृद्ध दर्शकसमेत सहभागी थिए ।

चितवनमा साम्राज्ञी शाह स्टारर ‘तिम्रो मेरो साथ’को प्रिमियर, मल्टिप्लेक्सले खुलाए बुकिङ

शुक्रबारदेखि देशव्यापी रिलिज हुन लागेको फिल्मको अग्रिम बुकिङ खुलेको छ । क्यूएफएक्सले यो फिल्मलाई १४ शो दिएको छ । भोलि नै नेपाली फिल्म ‘गुञ्जन’ र दुई दक्षिण भारतीय फिल्महरु ‘बारिसु’ र ‘वाल्टेयर वीराया’ पनि रिलिज हुँदैछ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्