२ हजार पृष्ठको याक्थुङ साम्जिक मुन्धुम प्रकाशित (भिडियोसहित)

२ हजार पृष्ठको याक्थुङ साम्जिक मुन्धुम प्रकाशित (भिडियोसहित)

[ad_1]

२२ पुस, काठमाडौं । मुखले बोलेर बाचन गरिँदै आएको मुन्धुमलाई पहिलोपल्ट बृहत् रुपमा लेख्य लिपीमा प्रकाशन गरिएको छ । याक्थुङ साम्जिक मुन्धुम नाम दिइएको उक्त किताब हालै राजधानीबाट सार्वजनिक भएको हो ।

येबा पूर्णप्रसाद तबेबुङ, खड्कबहादुर इधिंगो, बुद्धिराज मादेन, मेघराज इधिंगो, भक्तिदेवी फुरुम्बो भएर यो पुस्तक संकलन गरेका हुन् । यसलाई सम्पादन र नेपाली अनुवाद गरेका छन्, डीबी आङबुङले । उनले यसलाई रोमन लिपी अन्तर्गत उच्चरित हुने भाषामा प्रसार समेत गरेका छन् ।

२ हजार पृष्ठको याक्थुङ साम्जिक मुन्धुम प्रकाशित (भिडियोसहित)

वैरागी काइँलाले यस किताबबारे भनेका छन्, ‘लिम्बु जातिको जन्मदेखि मृत्युपर्यन्तका धार्मिक, साँस्कृतिक, सामाजिक विधिविधान, संस्कार र आध्यात्मिक दर्शन समेटेर एकमुष्ट सम्पादन, लेखन भएको यो पहिलो ऐतिहासिक घटना हो ।’

यसअगाडि काइँला, भोगिराज राई, इमान सिंह चेम्जोङ लगायतले मुन्धुमको लेख्य रुपलाई सार्वजनिक गरे पनि यो पहिलोपल्ट यति विस्तृत रुपमा सार्वजनिक भएको हो ।

अनलाइनखबरले यस पुस्तकबारे एउटा भिडियो तयार पारेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्