ललितपुरको बंगलामुखीबाट सुरु भयो फिल्म ‘द आउट ल’को छायांकन

ललितपुरको बंगलामुखीबाट सुरु भयो फिल्म ‘द आउट ल’को छायांकन

[ad_1]

काठमाडौं । सुशील श्रेष्ठ र शिक्षा संग्रौलाको अभिनय रहने फिल्म ‘द आउट ल’को छायांकन सुरु भएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा निर्माण टिमले पूजाआजा गर्दै छायांकन थालेको हो ।

४० दिनको छायांकन तालिका रहेको फिल्मलाई एक्सन-थ्रिलर बताइएको छ । रेट्रो गु्रपको ब्यानरमा निर्माण गर्न लागिएको फिल्मको टिजर पोस्ट र भिडियो अंग्रेजी नयाँवर्षमा लञ्च भएको थियो ।

टिजर र फस्टलुक पोस्टरबाट राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिमले थप मेहनतका साथ काम गर्ने अठोट लिएको निर्देशक बिक्की महर्जनले प्रतिक्रिया दिए । मुहूर्त कार्यक्रममा मिडियासँग बोल्दै निर्देशक बिक्की महर्जनले भने, ‘हामीले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका छौं । लामो तयारीपछि अहिले फ्लोरमा जान लागेका हौं । पक्कै पनि प्रोजेक्ट राम्रो बन्नेछ ।’

फिल्ममा नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारीको पनि अभिनय हुनेछ । आगामी दशैंमा प्रदर्शन लक्ष्य राखिएको निर्माता शशांक खड्काले बताए । कानुन नमान्ने चरित्रको कथा फिल्मले पेस गर्नेछ ।

ललितपुरको बंगलामुखीबाट सुरु भयो फिल्म ‘द आउट ल’को छायांकन

कोरोना महामारीपछि सुशीलको लागि यो कमब्याक फिल्म हो । राम्रो कथामा काम गर्न पाउँदा खुसी लागेको उनले बताए । मुहूर्त कार्यक्रममा निर्माण टिमका सदस्यसँगै निर्देशक मिलन चाम्सको पनि उपस्थिति थियो । शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन् ।

कडायत ‘प्रेमगीत ३’का कला निर्देशक पनि हुन् । नवीन गुरुङले फिल्म छायांकन गर्दैछन् । दुई करोड हाराहारी बजेट हुने अनुमान गरिएको फिल्मको अधिकांश छायांकन काठमाडौं उपत्यकामा हुने निर्माताले जानकारी दिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्