बारामा आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते – Online Khabar

बारामा आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते – Online Khabar

[ad_1]

बारामा आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते – Online Khabar

फाइल तस्वीर

२१ पुस, वीरगञ्ज । बारामा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएकी छन् ।

जितपुरसिमरा उपमहानगरपालिका-१८ बस्ने ६० वर्षीया किमैना देवी यादव घाइते भएकी हुन् । सुवर्ण गाउँपालिका वडा नं ३ जमुनिया टोल घर भई उनी कलैयामा बस्दै आएकी थिइन् ।

बुधबार दिउँसो १२:५५ बजे घरको बरण्डामा आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी गम्भिर घाईते भएकी थिइन् ।

प्रादेशिक अस्पताल कलैया बारामा प्राथमिक उपचार पछि बुधबार नै थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका लागि लगिएको थियो ।

त्यहाँबाट पनि थप उपचारका लागि उनलाई बिहीबार कीर्तिपुर बर्न अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्