मल नल्याउने ५ ठेकेदार र कम्पनी कालोसूचीमा – Online Khabar

मल नल्याउने ५ ठेकेदार र कम्पनी कालोसूचीमा – Online Khabar

[ad_1]

१३ पुस, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले रासायनिक मल नल्याउने ५ ठेकेदार कम्पनी र त्यसका सञ्चालकलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सिल्क मार्केट, सिनोमायक, विध म्यानेजमेन्ट, ग्लोबल म्याक्ट्रिक्स र सिल्क मार्केटसहित २४ वटा कम्पनीलाई कालो सूची सिफारिस गरेको हो । अब यी कम्पनीले तीन वर्षका लागि कुनै पनि सार्वजनिक खरिदमा भाग लिन पाउने छैनन् ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयको सिफारिसमा अन्तर्राष्ट्रिय कम्पनी सिल्क मार्केट र यसका मुख्य व्यक्ति अजय थापा, सिनोम्याक-एचआई सांघाई इन्टरनेश्नल ट्रेड कम्पनी र यसका मुख्य व्यक्ति वीफेङ्ग, ग्लोबल म्याक्ट्रिक्स ट्रेडिङ र यसका मूख्य व्यक्ति नवीन तुलाधर, विध म्यानेजमेन्ट कुपोन्डोल र यसका मुख्य व्यक्ति भीमकान्त भण्डारी र सिल्क मार्केट नक्साल र यसका व्यक्ति रमेश शेर्पालाई ३ वर्षसम्मको लागि कालोसूचीमा राखेको हो ।

यी कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा ५० हजार मेट्रिक टन युरिया आयात गर्न ठेक्का पाएका थिए । सिल्क मार्केट, सिनोमायक, विध म्यानेजमेन्ट, ग्लोबल म्याक्टि्रक्सले २५-२५ हजार मेट्रिक टन युरियाको ठेक्का लिएका थिए । भने सिल्क मार्केटले ५ हजार मेट्रिकटन डिएपी आयातको ठेक्का पाएको थियो ।मल नल्याउने ५ ठेकेदार र कम्पनी कालोसूचीमा – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्