दौरा सुरुवाल लगाएर शपथका लागि शीतल निवास पुगे प्रचण्ड

दौरा सुरुवाल लगाएर शपथका लागि शीतल निवास पुगे प्रचण्ड

[ad_1]

११ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् ।

यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइन्ट, कोट, टोपी लगाएका थिए । पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारी सभा समारोहमा जाँदा पनि उनी कोट, पाइन्टमै जाने गरेका थिए । उनी निकट स्रोतका अनुसार प्रचण्डले यसअघि सार्वजनिक समारोहमा दौरा सुरुवाल लगाएका छैनन् ।

दौरा सुरुवाल सिलाउन आइतबारै शरीरको नापो लिएर पठाइएको थियो । स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उनको दौरा सुरुवाल सिलाउन दिइएको थियो ।

दौरा सुरुवाल लगाएर शपथका लागि शीतल निवास पुगे प्रचण्ड

[ad_2]

Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्