संसदमा नयाँ अनुहार (फोटो फिचर) – Online Khabar

संसदमा नयाँ अनुहार (फोटो फिचर) – Online Khabar

[ad_1]

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । संसदमा कतिपय अनुभवी रहे पनि नयाँ अनुहारको उल्लेख्य सहभागिता छ ।

पहिलो पटककै प्रयासमा राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसद बनेका छन् । सो पार्टीका सभापति रवि लामिछाने आफैं सांसद बनेका छन् ।

यसैगरी जनमत पार्टीका अध्यक्ष सीके राउत पनि संसदमा नयाँ अनुहार हुन् । स्वतन्त्र मधेश गठबन्धनको नामबाट गतिविधि गर्दै आएका उनी २०७५ फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गर्दै राजनीतिको मूलधारमा आएका थिए ।

यसैगरी नागरिक उन्मुक्ति पार्टी पनि पहिलोपटक प्रत्यक्ष तीन सिट जितेर संसदमा पुगेको छ । सो पार्टीका सांसद गंगाराम थारु खराउ लगाएर शपथ ग्रहण समारोहमा सहभागी भए ।

सांसदहरु शपथ ग्रहण समारोहमा सहभागी हुँदा राष्ट्रिय पोशाक र आ–आफ्नो जातीय पहिरनमा सजिएका थिए । उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाएका थिए ।

संसदमा नयाँ अनुहार (फोटो फिचर) – Online Khabar

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्