जनकपुर रोयल्सको टिम र जर्सी सार्वजनिक – Online Khabar

जनकपुर रोयल्सको टिम र जर्सी सार्वजनिक – Online Khabar

[ad_1]

५ पुस, काठमाडौं । नेपाल टी-२० लिग खेल्ने जनकपुर रोयल्सको टिम र जर्सी सार्वजनिक भएको छ ।

जनकपुरले मंगलबार कार्यक्रम गर्दै जर्सी सार्वजनिक गरेको हो । साथै टिम लिस्ट र कप्तान समेत घोषणा गरेको छ ।

जनकपुरको कप्तानमा ट्रेभोन ग्रिफिन, मार्की प्लेअर सोमपाल कामी, मुख्य प्रशिक्षक उमेश पटवाल,टिम मालिक गोविन्द खन्डेलवाल लगायतले जर्सी सार्वजनिक गरे ।

राष्ट्रिय टिमका फास्ट बलर सोमपाल कामी मार्की प्लेअर रहेको जनकपुर टिममा सन्दीप जोरा, आदिल आलम, दिलिप नाथ, ललित राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, राजेश पुलामी, खड्ग बोहरा छन् ।

यस्तै विदेशी खेलाडीमा वेष्ट ईन्डिजका चाडविक वाल्टन र ट्रेभोन ग्रिफिन, केस्रिक वसलियम्स छन् । श्रीलंकन असान प्रिएनजन, अफगानिस्तानका सरफुद्दिन असरफ, र समिउल्लाह सेनवारी पनि जनकपुरमा छन् ।

मुख्य प्रशिक्षक उमेश पटवालले नेपाल फर्कँदा खुशी लागेको बताए । साथै उनले जनकपुरको लक्ष्य उपाधि जित्ने रहेको बताए । ‘आशा छ हामी उपाधि जित्नेछौं । तयारी राम्रो भएको छ ।’

जनकपुरका मालिक खण्डेलवालले टिम राम्रो रहेको र एकजुट भएर प्रदर्शन गर्ने बताए ।

जनकपुरका मार्की प्लेअर कामीले नेपाल टी-२० हुन लाग्दा खुशी लागेको बताए । ‘नयाँ खेलाडीको लागि खुशीको कुरा हो र नयाँ नयाँ कुरा सिक्न पाइन्छ । कोचले भनेजस्तै हामी जित्ने लक्ष्य छ ।’

जनकपुर रोयल्सको टिम र जर्सी सार्वजनिक – Online Khabar

कप्तान ग्रिफिनले नेपालमा खेल्न उत्साहित रहेको बताए । ‘नेपालमा आएर पहिलो पटक खेल्न लाग्दा खुशी छु । कप्तान हुनु मेरो लागकी थप खुसीको कुरा हो र उत्साहित छु ।’

प्रशिक्षक पटवालले अनुभवी र टिम ह्यान्डल गर्न सक्ने कप्तान खोज्ने क्रमममा ग्रिफिनलाई यो जिम्मेवारी दिएको बताए । सोमपालले उपकप्तानको रुपमा ग्रिफिनलाई सघाउने उनले बताए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्