टौदहमा जलेवाको माछा शिकार (तस्वीरहरु) – Online Khabar

टौदहमा जलेवाको माछा शिकार (तस्वीरहरु) – Online Khabar

[ad_1]

२ पुस, काठमाडौं । काठमाडौंको दक्षिणतर्फको टौदह पोखरीमा हिजोआज जलेवा चरा सानो समूह देखिन्छ । जाडो याममा बसाइ सरेर आउने यो चरा उपत्यकामा प्राय यही पोखरी आसपासमा बस्छ ।

टौदहमा जलेवाले माछाको शिकार गर्छ । शनिबार विहान ८ बजे टौदह पोखरीको डिलमा पुग्दा केही जलेवाहरु माछा खोज्न पानीमा डुबुल्की मार्दै थिए । एकै छिनमा एउटा जलेवाले मुखमा माछा च्यापेर बाहिर निस्कियो ।

ऊसँगै पानीमा पसेका अरु जलेवाहरु उसलाई लखेट्दै माछा खोस्न खोजे । तर उसले साथीहरुबाट भाग्दै एकैछिनमा माछा निल्यो । टौदहमा बस्दा दिनभरमा यस्ता धेरै दृश्य देखिन्छ ।

भर्खरै आउन थालेकाले टौदहमा जलेवाको संख्या धेरै छैन । स्थानीय वासिन्दाहरु जाडो बढ्दै गएपछि जलेवाको संख्या पनि बढ्दै जाने बताउँछन् ।

हेर्नुहोस् तस्वीरहरु

टौदहमा जलेवाको माछा शिकार (तस्वीरहरु) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्